Daily Archives: 16/10/2019

नेकपामा उपनिर्वाचनका लागि कार्त्तिक १० भित्र उम्मेद्वार सिफारिस गर्नुपर्ने


बिनु सुवेदी
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उप निर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेद्वारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेद्वारको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । यसरी सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई पार्टीले उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्