Daily Archives: 09/10/2019

चिनियाँ राष्ट्रपति शनिबार आउँदै


देवेन्द्र भट्टराई
काठमाडौँ — चीनका राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिन फिङको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सर्लाही जाँदै गरेको बस चितवनमा दुर्घटना, ३८ घाइते, एक गम्भीर


२२ असोज, चितवन । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्