काठमाडौं । बडा दशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौँ देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/10/2019
बडादशैंको चौथो दिन आज कुष्माण्डाको पूजा आराधना गरिंदै
Posted in धर्म संस्कृती/परम्परा
अनुदानको मल व्यापारीकहाँ
क्रान्ति शाह
वीरगन्ज : अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ। मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन्। सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन्। पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ। सहकारीले अनुदानको मल व्यापारीलाई बिक्री गरेको पाइएको कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
आजबाट देशैभर फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
१५ असोज, काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
‘महरा सर’ को राजनीतिक ‘बहिर्गमन’, ४८ घण्टामा जे जे भयो
महरा अध्यक्ष दाहालका विश्वास पात्र थिए । भूमिगत कालको मुख्य राजनीतिक मोर्चा, पटक–पटकका शान्तिवार्ता, मूलधारको राजनीतिमा आएपछिको सरकार र संसद्को मोर्चा कुनैमा पनि दाहालले महरालाई छुटाएनन् । उनी मात्रै पटक–पटक किन लाभको पदमा भन्ने प्रश्न तत्कालीन माओवादीभित्र धेरै नेताले अनौपचारिक रुपमा राख्ने गर्थे ।
दुर्गा खनाल
काठमाडौँ — प्रतिनिधिसभाको सभामुखमा २०७४ फागुन २६ गते निर्वाचित भएपछि कृष्णबहादुर महराले भनेका थिए, ‘संसद्भित्र कुशलतापूर्वक भूमिका निर्वाह गर्छु, पदको गरिमा र संसदीय मर्यादालाई ख्याल गरेर संघीयता कार्यान्वयन गर्ने कानुन निर्माणमा विशेष ध्यान दिनेछु ।’ तर डेढ वर्षमै पदको गरिमा र संसदीय मर्यादामै आँच आउने घटनामा जोडिएर उनले मंगलबार राजीनामा दिनुपरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार