Daily Archives: 01/10/2019

सभामुख महराले दिए राजीनामा


१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा नेपालीलाई पौने ३ करोड क्षतिपूर्ति


काठमाडौं, १४ असाेज । झन्डै ५ वर्षअगाडि कतारमा दुर्घटना भई हिँड्डुल गर्न र स्पष्ट बोल्न नसक्ने भएका दाङका २६ वर्षीय युवकले क्षतिपूर्तिबापत ९ लाख रियाल (झन्डै २ करोड ७० लाख रुपैयाँ) पाएका छन् । कतारमा नेपाली कामदारले पाएको क्षतिपूर्ति अहिलेसम्मकै बढी हो। कतारको श्रम कानुनअनुसार कामदारको ज्यान गए र शतप्रतिशत अशक्त भएमा २ लाख रियाल (६० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ। ती युवकको विशेष अवस्था रहेको भन्दै झन्डै ५ सय प्रतिशत बिमाको रकम दिलाइएको हो। ५ वर्षदेखिको उपचार खर्च पनि कम्पनीकै जिम्मेवारीमा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु


१३ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सभामुखमाथिको गम्भीर आरोपको छानबिन नागरिकसरह हुनुपर्छ : थापा


दीपेन्द्र बडुवाल
(बुटवल) — नेपाली कांग्रेसका नेता गगन थापाले संघीय सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताएका छन् । मंगलबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुलुककै सम्मानित व्यक्तिमाथि लागेको आरोपले संसद्‌का सबै सदस्य स्तब्ध भएको र यस्तो गम्भीर आरोपको छानबिन आमनागरिक सरह नै हुनुपर्नेमा जोड दिए । ‘यो आरोप आम मान्छेमाथि लागेको भए के हुन्थ्यो ?,’ रिर्पोटर्स क्लब प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रश्न गर्दै उनले भने, ‘सभामुखमाथि पनि प्रचलित कानुनी व्यवस्था अनुसार छानबिन हुनुपर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्