Monthly Archives: अक्टोबर 2019

निवर्तमान सभामुखलाई अदालतमा पेस गरिदैँ, थुनछेक बहस आज


काठमाडौं – बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ । कानूनका जानकारका अनुसार थुनछेक बहसपछि सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

गल्ली क्रिकेटदेखि कप्तानसम्मको यात्रा


काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। ज्ञानेन्द्रको अनुभव, क्षमता र निरन्तरतालाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार उनलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निर्णय गरेको हो। उनले झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिका निर्वाह गर्दै अएका थिए। असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। करिब एक दशक कप्तानको जिम्मेवारी निर्वाह गरेका पारसले सुरुमा सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको सार्वजनिक गरे पनि गत आइतबार मात्र क्यानलाई इमेलमार्फत राजीनामापत्र बुझाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै


१४ कात्तिक, जनकपुर । आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ ।छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी -धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक हातले पासपोर्टमा छाप, अर्कोले १० हजार


पटकपटकको कारबाहीका बाबजुद अध्यागमन कार्यालयका कर्मचारीले गैरकानुनी रुपमा कामदार विदेश पठाउने धन्दालाई व्यवस्थित ढंगले जारी राखेका छन् ।
कृष्ण ज्ञवाली
काठमाडौँ — २०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता (परिवर्तित नाम) । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुर्‍याइयो


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए। निर्देशक पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था’bout अहिले नै सबै कुरा भन्न नसकिने अन्नपूर्णलाई बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते


डम्बरसि राई
खोटाङ — दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।  घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन् । पढ्नेक्रम जारी राख्नुहोस्