राजेश बर्मा
काठमाडौं : भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/09/2019
भारतले प्याज निर्यात रोक्यो, नेपालमा पनि अभाव हुने
Posted in नेपाल समाचार
नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश
खुला दिसामुक्त देशको औपचारिक घोषणा आज
१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ । काठमाडौं राष्ट्रिय सभागृहमा सोमबार मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत बिभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोखरामा नेपाल वृन्दावन धामको औपचारिक आधिकारिक घोषणा हुँदै
विजय थापा । पोखरामा नेपाल वृन्दावन धाम बनाउने हेतुले पोखरावासी तातिएका छन् । त्यसको लागि आगामी असोज १६ अर्थात् अक्टोबर ३ बिहिबारका दिन नेपाल वृन्दावन धामको लागि औपचारिक घोषणा हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विश्वराज गौतमले जानकारी दिएका छन । कार्यक्रममा सरकारी गैरसरकारी उद्योगपति ,व्यवसायी,साधुसन्त ,सर्व साधारणरहरु करिव ५ सय जनाको सह्भगिता हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध