नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आगामी डिसेम्बर २७ मा युनिक अडिटोरियम हल फर्वानियामा आयोजना हुने भएको छ। संस्थाको हिजो बसेको मासिक बैठकद्वारा उक्त निर्णय गरिएको संस्थाका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराएका छन् । वैदेशिक रोजगारको शिलसिलामा कुवेत आएर ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युवाहरुको साझा संस्था नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघले विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसरता देखाउदै आईरहेकोमा पछिल्लो पटक उक्त आर्थिक सहयोग पठाएको संस्थाले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्