रवीन्द्र घिमिरे
२०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो । ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न नसकेको अवस्थामा म्याद थपेर काम हुँदै गर्दा पुल खोलामा खसेको हो । नयाँ वर्षकै दिन यस्तो घटना भएपछि सरकारले निर्माणाधीन पुलहरुको गुणस्तर’bout विचार गर्ने अवसर र शिक्षा पाएकै थियो । तर, यो वर्ष एकपछि अर्को पुल भाँचिने क्रम जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/09/2019
६ महिनामा बन्दाबन्दै भत्किए आधा दर्जन पुल
Posted in नेपाल समाचार
कांग्रेस महामन्त्री सवार हेलिकप्टर बादलमा फसेपछि…
टीकाप्रसाद भट्ट
रामेछाप — नेपाली कांग्रेस पार्टीले संचालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन गर्न खोटाङको हलेसी पुगेका महामन्त्री डा. शशांक कोइरालाको काठमाडौं फिर्ति निकै सकसपूर्ण बनको छ । महामन्त्री डा. शशांक कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ र नेतृ हिरा गुरुङलाई लिएर बुधबार दिउँसो २ः३० बजे दिक्तेलबाट काठमाडौंका उडेको हेलिकप्टर प्रतिककुल मौसमका कारण दुई स्थानमा आकस्मिक अवतरण गरेर साँझपख रामेछाप विमानस्थलमा अवतरण गर्नु परेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध