राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीको संक्षिप्त भेट


देवेन्द्र भट्टराई
न्युयोर्क — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभा बैठकका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार दिएको रात्रीभोजमा मन्त्री ज्ञवालीले भेट गरेका हुन् । ‘नेपालको स्थितीका ’boutमा सामान्य रुपमा राष्ट्रपति ट्रम्पले जिज्ञासा राख्नुभएको थियो,’ परराष्ट्रमन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘उहाँले आपसी सहयोग र सहकार्यको सन्दर्भ पनि कुरा राख्नुभयो ।’ १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा दिइएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट मन्त्री ज्ञवालीले सहभागिता जनाएका थिए ।

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका प्रवक्ता उपसचिव लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दैछ । यसअघि, नेपालको बोल्ने पालो आगामी सोमबारका लागि तोकिएको थियो ।

महासभामा सहस्राब्दी विकास लक्ष्यका ’boutमा पनि निर्धारित र योजना बीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताका ’boutमा बिशेष सहस्राब्दी लक्ष्य बैठक मंगलबार सुरु भएको छ । यसमा सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगती विवरणका ’bout समीक्षा सुरु भएको छ । परराष्ट मन्त्री ज्ञवालीले सहस्राब्दी लक्ष्यका प्रमुख १७ वटा क्षेत्रहरु स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैगिंक समानताजस्ता विषयमा थप स्रोत र लगानीको आवश्यकता रहेको’bout आफूले महासभा बैठकमा जानकारी गराएको बताए ।

यसैगरी, स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजना’boutको बैठकमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सहभागिता जनाएका थिए । बैठकका विभिन्न चरणमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा. पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दिनानाथ शर्मालगायतले सहभागिता जनाउँदैछन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.