Daily Archives: 25/09/2019


जहाज १४, उड्छन् ६
अखण्ड भण्डारी/ राजु बास्कोटा
प्रधानमन्त्रीको प्रश्न– ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ’
काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’ पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक राेजगार व्यवसायी संघमा नेकपा निकटको प्यानल नै पराजित


काठमाडौं, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्याशी विष्णु गैरे नेतृत्वको समूहले विजयी भएको छ । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार संघमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबाट उम्मेदवार बनेकाहरू विजयी भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीको संक्षिप्त भेट


देवेन्द्र भट्टराई
न्युयोर्क — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभा बैठकका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार दिएको रात्रीभोजमा मन्त्री ज्ञवालीले भेट गरेका हुन् । ‘नेपालको स्थितीका ’boutमा सामान्य रुपमा राष्ट्रपति ट्रम्पले जिज्ञासा राख्नुभएको थियो,’ परराष्ट्रमन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘उहाँले आपसी सहयोग र सहकार्यको सन्दर्भ पनि कुरा राख्नुभयो ।’ १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा दिइएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट मन्त्री ज्ञवालीले सहभागिता जनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्