Daily Archives: 24/09/2019

जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पुरा


कुवेत, २४ सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

रेमिट्यान्सको टेकोमा दशैं ! वैदेशिक रोजगारीमा गएकालाई दबाव


रवीन्द्र घिमिरे
७ असोज, काठमाडौं । दशैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुमा पनि आर्थिक दवाब बढ्न थाल्छ । उनीहरुले नेपालमा आफ्नो परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने बेला हो, यो । रोजगारीका सिलसिलामा लाखौं युवाहरु विदेशमा छन् । उनीहरुमध्ये केही छुट्टी लिएर दशैं मनाउन नेपाल आउँछन् । तर, अधिकांश विदेशी भूमिमै परिवार सम्झेर बस्न बाध्य छन् । आफूले दशैं मनाउन नपाए पनि नेपालमा परिवारलाई दशैं खर्च पठाउने दायित्व उनीहरुको काँधमा हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नवलपरासी दुर्घटनामा ६ जनाको मृत्यु, सबैको सनाखत


नारायण शर्मा
(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्