बिगत ३ बर्ष पहिले कुवेतमा बिश्वकर्मा समाज र नमुना बिश्वकर्मा समाज अलग-अलग संथाका रुपमा स्थापना भएको संस्थाहरुको एकता भएर “बिश्वकर्मा एकता समाज नेपाल कुवेत” संस्था भएको छ l
दुवै संस्थाको लामो समयको बृहत छलफल पश्चात् समायोजनको बिन्दुमा पुगेर हिजो 2019/09/20 तारिकका दिन दुबै संस्थाले संयुक्तरुपमा बिश्वकर्मा बाबाको पुजा गरि गम बहादुर सुनारको नेतृत्वमा एकताको पहिलो ३१ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
अध्यक्ष गम ब. सुनार
कुवेतमा रोजगारीको सिलसिलामा नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका बिश्वकर्मालाई एकता गर्दै अगाडि बढ्ने जनाएको छ । सीप र कलाको धनी समुदायलाई अपमानित र अपहेलित दलित शब्द जबर्जस्त लादिएको छ । अब उक्त दलित शब्द परिमार्जन गर्नको लागि बिकल्प खोजिरहेको बताएका छन ।