कुबेत नेपालडटकम सेप्टेम्बर २१, कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम कुवेतको हवाली स्थित बोय स्काउट थियटरहलमा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम साथमा स्थानिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिको साथ आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशनले अध्यक्षमा निरुमाया खड्का लाई चयन गर्दै सम्पन्न भएकोछ।
अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी लाई बाहिर गेट बाट भित्र स्टेज सम्मा आयोजक सुदूर–पश्चिम सेवासमाज कुबेतपरिवार लगयात लालीगुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिमका) कलाकारहरुले ब्यानरसहित तामझामका साथ स्वागत गरीएको थियो।
समाजको अध्यक्ष अमर खड्का सभापतित्वमा गरिएको कार्यक्रममा उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथी बिशेष अतिथीले सामुहिक रुपमा केक काटेर पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा सुरेश गयाबा तमाङले संचालन गरेका थिए। समाजको कोषअध्यक्ष निरुमाया खड्का स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी,बिशेष अतिथि एनआरएनए अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा ससमाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी,बिशेषअतिथि नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, एनआरएनए अध्यक्ष सुजन केसीले शुभकामना मन्तब्य राखेका थिए। भने संस्थाको ’boutमा सुदुरपश्चिमेली सेवासमाजका महासचिब मान बहादुर वलायरले प्रस्ट पर्नुभएको थियो।
बृहद सांगीतिक कार्यक्रमलाई थप मनोरन्जन पर्नको लागि कुबेतका स्थानीय चर्चित कलाकारहरु नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका “चर्चित लोक पप तथा लोक दोहोरी गायक बिबि मल्ल ठकुरीले आफ्नो नयाँ पुरनो चर्चित गीत साथै देउडा पनि गीतगाएर उपस्थीती दर्शकहरु लाई नचाएको थियो । भने कुबेतको हर स्टेजहरुमा साँस्कृतिक कार्यक्रममा आफ्नो धमाकेदार नृत्य प्रस्तुती दिएर आफ्नो नाम सफल बनाउन नृत्यकलाकारहरु नेहा राई,श्याम बिसी,साबित्रा गैरे,नबराज भट्ट,गिता बिश्वकर्मा त्यस्तै गरी डान्सर हाँस्य कमेडी कलाकार अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा अध्यक्ष सोम रसाईली,विगत केही बर्ष देखि कुवेत लाई आफ्नो कर्म थलो बनाउदै आएका,धेरै गीतहरुमा मोडेल गर्नु भएको बिजय ठकुरीको हाँस्य कमेडी नृत्यले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो।
सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदुरपश्चिमेली सेवा ससमाज कुबेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिबेशनले अध्यक्षमा निरुमाया खड्का को नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो ।
चर्चित पप तथा मोडल रक गयाक चक्र बम
कार्यक्रममा नेपाल बाट पल्नु भएका अतिथि कलाकार चक्र बम भने पछी कस्ले पो नचिहाल्न र धेरै भन्दा धेरै Music Video मा अभिन्या गर्नु भएका नेपालि सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा एकदमै ब्यस्त चर्चित पप तथा मोडल रक गयाक चक्र बमको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु प्रतिक्षामा थिए ।कार्यक्रम हल खचा-खच भरियको थियो । गायक बम मंच उक्लिए,दर्शक दीर्घाबाट हो हल्ला ताली वर्षियोको थियो। बमले आफ्नो नयाँँ पुराना गीतहरु ( मेरी माया पट्पटानी,तनाब भाकोछ,डोटी को बैकमा,खेल मेरी दर्कदरी,चुगाइम पडकन्य दरु साडकयनु ) जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरु लाई नचाएको थियो ।दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।
नेपाल आईडल २ का विजेता रबी ओड
नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक नेपाल आईडल २ का विजेता रबी ओड,देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक रबी ओडको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो ।अमीलो रातैले,लौ झिल्केले,जोसो गर जे गर मन त मेरो नेपाली,खेला डेउडा,मिठो बोलीले,दुइे कौडिको बुड्ढी,दिलको फ्रेममा,जस्ता र्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थीती दर्शकहरु सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स City Express Money Transfer कम्पनीले मुख्य प्रायोजन गरेको थियो। भने समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकार भाई बहिनीहरु नेपालबाट पल्नु भएका अतिथि कलाकार नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम कार्यक्रमलाई मुख्य प्रायोजन सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटान्स City Express Money Transfer,Dampa Middle East Kuwait कार्यक्रमलाई सहयोग गर्ने सहयोगी हरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका अन्त्यमा सभापति तथा सुदुरपश्चिमेली नेपाली समाज कुवेतले प्रमुख अतिथि, विशेष अतिथि,अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकारहरु कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक,भौतिक,नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, कलाकार,पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि सुदुरपश्चिमेली नेपाली समाज, कुवेतले आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।