सेप्टेम्बर १७, कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतले आफनो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम भोली बुधबार बेलुकी ७:२० बजे कुवेत आइपुग्ने समाजको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।
अतिथि कलाकार लाई स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भोली बुधबार सेप्टेम्बर १८ तारिक बेलुकी ठीक ७:२० बजे अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी समाजको अध्यक्ष अमर खड्काले हार्दिक अनुरोध गरेका छन्।
सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा आयोजना गर्न लागिरहेको वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक सुदुरपश्चिमेली नेपाली समाज, कुवेतले हार्दिक अनुरोध गरेको छन्।
आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत
स्थान : boys Scout Association Hall
Beirut street block 10 Hawali
मिति: २० सेप्टेम्बर २०१९ शुक्रबार ।
समय: ११ बजेदेखि
कार्यक्रम: दोस्रो वार्षिकोत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९
सम्पर्कः
कार्यक्रम संयाेजक:बिकाश सिंह-60767749 राजन बम – 60021699, अमर खड्का – 50661174, भिम रावत – 99027450, मान बहादुर बलायर – 66423096 र निरूमाया खड्का – 60686438