Daily Archives: 17/09/2019

सांगीतिक कार्यक्रमको लागि रबी ओड र चक्र बम भोली बुधबार बेलुकी ७:२० बजे कुवेत आइपुग्ने।


सेप्टेम्बर १७, कुवेत।‘‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतले आफनो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम भोली बुधबार बेलुकी ७:२० बजे कुवेत आइपुग्ने समाजको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

लुक्‍लामा अलपत्र यात्रु लिएर फर्केका ९ हेलिकप्‍टर विभिन्‍न ठाउँमा रोकिए


रोजन तामाङ/काभ्रे –

लुक्लाबाट काठमाडौं उडेका हेलिकप्टर विभिन्न ठाउँमा रोकिएका छन्। बिहान ८ बजे आसपास यी हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलका अनुसार अहिलेसम्म ९ वटा हेलिकप्टर आकस्मिक अवतरण गराइएको छ। काभ्रे प्रहरीले सुरुमा चारवटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको बताएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

नागरिकता विधेयक : कांग्रेस किन फर्कियो ०६३ को प्रावधानमा ?


कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले वैवाहिक अंगीकृत नागरिकताको सवालमा नागरिकता ऐन २०६३ कै प्रावधानलाई यथावत् राख्नुपर्ने ‘बटमलाइन’ बनाउनुका पछाडि मुख्य दुई कारण विद्यमान छन् । पहिलो, संविधानको भावनासँग मेल खाँदैन । दोस्रो, यसका पछाडि सामाजिक, सांस्कृतिक र मधेसको भावना जोडिएको छ । समाजवादी पार्टी र राजपाले उठाइरहेको संविधान संशोधनको मागभित्र नागरिकता मुद्दा पनि पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्