सुरेश गुरुङ, सेप्टेम्बर १४ कुवेत प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले आफनो “सातौं वार्षिकोत्सव”हिजो मिती १३ सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित अडिटेरियम हलमा बिबिध सँस्कृतिक कार्यक्रमको साथ सम्पन्न भएको छ।
सातौं वार्षिकोत्सव कार्यक्रमको अध्यक्ष उमा तमुस्यो को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका सल्लाहकार ईन्द्र तमु रहनु भएको थियो भने बिशिस्ट अतिथि तमु समाज कुबेतका अध्यक्ष राजु तमु, तमु प्ये ल्हु संघ कुवेतका सल्लाहकारहरु गोपाल तमु,नरजित तमु लिल तमु, डम्मर तमु,छ्योमान तमु, हरुको उपस्थिति रहेकोे थियो ।भने लिल तमु ले स्वागत मन्तव्य द्वारा उपस्थित अतिथि गण लाई स्वागत गरेका थिए ।भने संयुक्त रूपमा डम्मर तमु,र अमन तमु ले कार्यक्रम संचालन गर्नु भएको थियो। भने कार्यक्रमलाई सभापति, प्रमुख अतिथि र विशेष अतिथि हरु को संयुक्त रुप मा दिप प्रज्वलन गरि कार्यक्रम को बिधिवत उदघाटन गरेका थिए ।भने नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गीत द्वारा राष्ट्रिय स्वाभिमान पश्चात कार्यक्रम लाई मुर्त रुप दिईएको थियो।
सातौं वार्षिकोत्सव कार्यक्रमलाई अतिनै भब्य र सब्य बनाउनको लागि आफ्नो गुरुङ पहिचान मौलिकता झल्काउने खालको युगल तथा सामुहिक नृत्य गरि झनै सुगन्ध भर्ने काम साँस्कृतिक परिवार का कलाकारहरु को प्रस्तुतिले कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाएको थियो। भने कार्यक्रममा उपस्थित सम्पुर्ण लाई मिठो परिकारको भोजन सेलरोटी,अचार ,चना को तरकारी ,मुला गाजर को अचार ,चिउरा ,भुजा खसी को मासु ले स्वागत गरिएको थिए। मिठो परिकार को खाना ले सहभागि सबै को मन खुशी पारेको थियो। भने तमु प्ये ल्हु संघ कुवेतको संस्थापाक अध्यक्ष हाल सल्लाहकार छ्योमान तमु को जेठि सुपित्री रोशनी तमुस्योले अभिनया गरेको चलचित्र मारक्यु(सुन पानी)को ’boutमा छ्योमान तमुले प्रष्ट पारेका थिए।
चलचित्र मारक्यु(सुन पानी) कुबेतमा भब्य प्रदर्शन
क्लाइमेक्स आर्ट को प्रस्तुती रहेको गुरुङ संस्कार संस्कृति मा आधारित गुरुङभाषा को चलचित्र मारक्यु (सुन पानीको) पनि प्रदर्शन गरिएको थियो। यस चलचित्रमा सबै कुराहरु गाँउ घरमा भएको कुरा बिषया बस्तुहरुको छायाकन गरिएको गुरुङ संस्कार संस्कृति एकदमै हसाउने रुवाउने दिदी भाईको कथा पारिवारिक बिषया बस्तुहरलाई शुद्ध गुरुङभाषा समेटदै गुरुङ संस्कारमा सुनपानी प्रयोग बिषया लाई महत्व रहेको दर्साइएको छ। एक घण्टा ४० मिनेट समया रहेको चलचित्रमा Star international award 2019 मा डेब्यु निर्देशन मा समेत अवार्ड जित्न सफल क्लाईम्याक्स आर्टको व्यानरमा सुवाष गुरुङको लेखन, दिनेश गुरुङ निर्देशन र खुशी गुरुङको सह निर्देशन रहेको चलचित्र मारक्यु को निर्माताहरु चन्द्र गुरुङ, नवराज घले, सुर्य घले, राकेश गुरुङ, नन्द बहादुर गुरुङ, कालु गुरुङ, दबि राम गुरुङ र केश गुरुङ रहेको छ । भने कलाकारहरु लोटस गुरुङ, रोशनी गुरुङ, रविन गुरुङ, दुर माया घले, सङ्ग्राम गुरुङ, प्रतिमा प्हच्यु गुरुङ, खुशी गुरुङ, अस्मिता गुरुङ, पर्शु राम गुरुङ, ल्होस्यो सीमा पाते, आकाश प्हच्यु तमु, केश कुमारी गुरुङ (अश्मी) लगायतकाे अभिनय रहेकाे छ। चलचित्र हेरीसकेपछी एकदमै राम्रो भएको दर्शकहरुको भनाइरहेको छ। चलचित्र मारक्यु(सुन पानी)अहिले देश बिदेशमा धमाधम प्रदर्शन भएको जानकारी दिएको छ। हिजो नै नेपालको राजधनी काठमाडौंको रास्टिय नाचघर जमलमा पनि प्रदर्शन भएको थियो।