विष्णु सुवेदी
राजनीतिक तहमा व्याप्त भ्रष्टाचार र अपारदर्शिताका लागि सेनापतिको कदम पनि एउटा नैतिक दबाब हुन सक्छ
प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार दिएको २५ पृष्ठ लामो सम्बोधनले सैनिक वृत्त मात्र होइन, राजनीतिक तहसमेत तरंगित भएको छ। नागरिक तहमा पनि यस’bout बहस सुरु भएको छ। मुलुकभरका कमान्डरहरूसँगको पाँच दिनको बसाइपछि सेनापतिले जंगीअड्डामा भदौ २४ मा लामो सम्बोधन प्रस्तुत गरे, त्यसले सिंगो संगठन र हरेक सिपाही घोत्लिनुपर्ने अवस्था आएको छ। सेनापतिले यति लामो सम्बोधन यति भावुक बनेर प्रस्तुत गर्नु कति उचित हो ? यसमा बहस हुन सक्छ। सेनापतिको रुपमा एक वर्षे अनुभव र विश्लेषणसहितको सम्बोधन एउटा सामान्य भाषण वा मन्तव्य मात्र होइन, यसलाई सेनाको आन्तरिक जीवनकै लागि एउटा महत्ववपूर्ण र ऐतिहासिक दस्ताबेजका रूपमा हेरिएको छ। ‘तत्कालको हिरो’बन्ने रहरभन्दा पनि ‘इतिहासकै हिस्सा’ बन्ने हिम्मत थापाले देखाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/09/2019
सेनापति सम्बोधनको तरंग
Posted in बिचार/बिमर्श
फिरौती संकलनमा सक्रिय रहेको आरोपमा गृहमन्त्रीका भाइ पक्राउ
जेलभित्र रहेका कैदीसँग मिलेर फिरौती संकलनको धन्दामा जोडिएको आरोप
जनकराज सापकोटा
काठमाडौँ — दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार