२० सेप्टेम्बरको सांगीतिक कार्यक्रम नजिकिंदै रबिओड र चक्र बमले स्टेज तताउने


सेप्टेम्बर ११, कुवेत।‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतले आफनो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम यही आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुबेतको हवाली स्थित ब्वाइज स्काउट एसोसिएसन हलमा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथमा मनाउने पकाभएको छ।

कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स City Express Money Transfer कम्पनीले मुख्य प्रायोजन गरेको छ भने Dampa Middle East Kuwait ले पनि स्पोनसर गर्नु भएको छ। २० सेप्टेम्बर २०१९ मा हुने बृहत साँस्कृतिक कार्यक्रमको लागि कार्यक्रमहल अतिथि कलाकारहरुको टिकट,भिसा,सम्पूर्ण तयारी पुरा भएको साथै कुबेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकारहरु लाई पत्राचार निमन्त्रणा गरिसकिएको समाजको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा आयोजना गर्न लागिरहेको बृहत सांगीतिक कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी संस्थाका अध्यक्ष अमर खड्काले हार्दिक अनुरोध गरेको छन्।

कार्यक्रमको विवरण:-
आयोजक: सुदुरपश्चिमेली नेपाली समाज, कुवेत
स्थान: ब्वाइज स्काउट एसोसिएसन हल, हवाली, कुवेत
मिति: सेप्टेम्बर २० तारिक शुक्रबार २०१९
समय: बिहान् ११ बजे देखि

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.