सेप्टेम्बर १०, कुवेतl नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाको तेश्रो अधिवेशन २७ सेप्टेम्बरमा हुने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो। उक्त कार्यक्रम सेफ नौसाद होटेल फर्वनियामा हुने समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएक छन्l
अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा हुने भएको छ।जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मानोज गोर्खालीको उपस्थित रहने छ l
कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ।साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुझाई दिनुहुन पनि समितिले आग्रह गरेको छ।
कार्यक्रमको विवरण
मिति : २७ सेप्टेम्बर २०१९
समय : ठिक ११ बजे
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।