Daily Archives: 11/09/2019

२० सेप्टेम्बरको सांगीतिक कार्यक्रम नजिकिंदै रबिओड र चक्र बमले स्टेज तताउने


सेप्टेम्बर ११, कुवेत।‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था सुदूर–पश्चिम सेवा समाज कुबेतले आफनो वार्षिकोत्वस तथा अधिबेशन साथै बृहत साँस्कृतिक कार्यक्रम यही आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुबेतको हवाली स्थित ब्वाइज स्काउट एसोसिएसन हलमा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथमा मनाउने पकाभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जनसम्पर्क समिती कुवेतको २७ सेप्टेम्बरमा तेस्रो अधिवेशन हुने


सेप्टेम्बर १०, कुवेतl नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाको तेश्रो अधिवेशन २७ सेप्टेम्बरमा हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

विप्लवका छोरा प्रकाश चन्द पक्राउ


२५ भदौ, चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पाइपबाट इन्धन : ३० महिनाको लक्ष्य, १७ महिनामै पूरा


राजेश बर्मा/ दिवाकर भण्डारी
अमलेखगन्ज : सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो। अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। पढ्नेक्रम जारी राख्नुहोस्