सेवा नै धर्म नुवाकोट धादिङ रसुवाका सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरु लाई एकीकृत गर्दै संगठित “आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराकासाथ सन २०१७ मा स्थापित यस संस्थाले आफ्नो प्रथम वार्षिकउत्साव बाट उठेको अर्थिक रकम क्यान्सर पीडित आसिमा तामाङ लाई आर्थिक सहयोग गरेको समाजका अध्यक्ष राकेश मानाङ्थेन् ले कुबेत नेपालडटकम लाई जानकारी दिनु भएको छ।
वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कार्यरत सम्पुर्ण दिदिबहिनी दाज्यु भाई हरुको संयुक्त आयोजनामा संकलित रकम बुधबार नेपाल पठाएको थियो ।सस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यसैको निरंतरताका क्रममा क्यान्सर पीडित तामाङलाई सहयोग गरेको सस्थाका अध्यक्ष मानाङ्थेनले जानकारी दिए ।बिगत लामो समय देखी कान्ति बाल स्पतालमा तामाङको उपचार हुँदै आएको छ । नुवाकोट किस्पङ गाउँ पालिककी बिरामी आसिमा तामाङ विभिन्न संघसंस्थाको आर्थिकमा उपचाररत छिन् ।
समाजमा आबद्ध सदस्य हरुबाट संकलित ७५.२५०kd सस्था बाट २५ kd गरि कुवेती डिनर जम्म १००.२५० तामाङ आवाजका प्रबन्ध निर्देशक राज दिम्दुङ ज्यु लगायत तामाङ आवाज परिवार द्वारा हस्तान्तरण गरिएको थियो ।साथै समाजका अध्यक्ष तामाङले सम्पुर्ण सहयोगी मन हरु प्रती धन्यवाद व्यक्त गरेको छ ।
पीडितका बुवा सुर्य तामाङले सम्पुर्ण सहयोगी मन हरु प्रति हार्दिक नमन व्यक्त गर्दै, सहयोग गर्न चाहनु हुने दिदिबहिनी दाज्यु भाई हरुलाई सहयोग गरि आफ्नो कलिलो उमेरमा जिबन मृत्यु संग लाडी रहेको छोरीको ज्यान बचाउ सहयोगको अपील गरेको छ।पीडित बुवाको सम्पर्क न. 9810178808 मा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।