Daily Archives: 09/09/2019

डेंगुले अस्पतालमा ठेलमठेल


दिनेश गौतम
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् । भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुरज मास्केको नेतृत्वमा नेवा गुठी कुवेतको पुनर्गठन


नेवा गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित नयाँ कार्य समितिमा सुरज मास्के अध्यक्ष चयन भएका छन् ।गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको आयोजना गरि मौंजुदा पुरानो कार्य समितिलाइ विघटन गरि मास्केको अध्यक्षमा सर्व सम्मतिबाट १७ सदस्सीय नयाँ कार्य समिति गठन गरेको कुरा नेवाः गुठीको नव निर्वाचित प्रथम उपाध्यक्ष एवं कोसेली समुहका कोषाध्यक्ष तथा सम्वाददाता राजन श्रेष्ठले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्