पदम सिंह
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/09/2019
बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना
Posted in अर्थतन्त्र
चिनियाँ विदेशमन्त्रीको भ्रमण–‘सोमबार दिनभर भेटघाट र बैठक’
प्रकृति हेर्न जोमसोम जान सक्ने
देवेन्द्र भट्टराई
काठमाडौँ — आइतबार अपरान्ह काठमाडौं आइपुग्ने चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने भएका छन् । विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ । यसैगरी, विशेष विमानबाट काठमाडौं उत्रन लागेका विदेशमन्त्री यीले नेपालको विशेष प्राकृतिकस्थल भ्रमण गर्न चाहेकोमा सम्भवत मुस्ताङको जोमसोम जान सक्ने संभावना देखिएको छ । विदेशमन्त्रीको इच्छाअनुसार, सोमबार बिहान चार्टड फ्लाइटमा जोमसोम गएर काठमाडौं फर्कने प्रारम्भिक तयारी भैरहेको स्रोतले जानकारी दियो । ‘तर, मौसमको अनुकुल स्थिति हेरी जोमसोम यात्राको टुङ्गो लाग्नेछ,’ स्रोतले भन्यो । विदेशमन्त्री यी मंगलबार दिउँसो विशेष विमानबाट बेइजिङ फर्कनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार