झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न


परदेशी खबर / सेप्टेम्बर ६, कुवेत l झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदान प्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ l

समाजका अध्यक्ष लोमस बास्तोलाको सभापतित्व र नेपाली दूतावासका लागि दित्तीय सचिव जानकी ओझाको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमका संचालक समाजका महासचिव प्रसाद तिम्सीनाले गरेका थिए भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत समाजका सदस्य राम न्यौपानेले गरेका थिए l

राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो l महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रम गरिएको कार्यक्रममा साहित्यलाई पनि स्थान दिएर पृथक ढंगले अगाडी बढेको कार्यक्रममाको शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि जानकी ओझा, पत्रकार महासंघका महसचिव तथा कोसेली न्युजका प्रधान सम्पादक आनन्द आचार्य, परदेशी खबर डटकमका प्रधान सम्पादक नैनकला राई, माउन्ट एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोख्रेल, एनआरएन कुवेतका कोषाध्यक्ष पूर्ण श्रेष्ठ, एनआरएन कुवेतका पूर्व अध्यक्ष सुमित्र पौडेल,साँस्कृतिक मंचका पूर्व अध्यक्ष माधव शर्मा,हिमाली संचारडटकमका प्रधान सम्पादक हरु बानियाँ, झापाली समाजका संरक्षक ध्रुबकुमार सङ्ग्रौला लगाएतले दिएका थिए l

त्यसै गरि साहित्य वाचन कार्यक्रममा सर्जकहरु निरुमाया खड्का, हिमाल अन्जान, नैनकला राई, तिलाचन बस्याल, सृजना पाण्डे, राज श्रेष्ठ, प्रबिण आचार्य, अमर खड्का लगाएतले रचना वाचन गरेका थिए l

कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यान्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बिचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए l आयोजकले हलमा साहित्य वाचन गर्ने सबै सर्जकहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो l

अन्तमा सभापति लोमस बास्तोलाले यस कार्यक्रम सफल पार्नको लागि प्रतक्ष अप्रतक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिएl

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.