सुरेश गुरुङ,कुबेत
पर्बत जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध पर्बतेलिको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी आज फर्वानिया पार्कमा उपस्थित केही पर्बतेलिको पहलमा पर्बत सेवा समाज कुवैत तदर्श समिती गठन गरेको जानकारी पराप्त भएको छ ।
कूवैतको नेपाली समाजमा बिभिन्न नेपाली संघ सस्था थपिने क्रम तिब्र भएको अवस्थामा आज पर्बत सेवा समाज गठन भएको हो । पर्बत जिल्ला महाशिला गाउँ पालिका ४ पाखापानी निवाशी ईन्द्र भुसाल ( अर्जुन ) को सम्योजकत्वमा गठित तदर्श समिती १५ सदस्य रहेको र उक्त समितीले ६ महिना भित्र अधिवेशन गर्ने निर्णय गरेको कूवैत को नेपाली समाजमा लामो समयदेखी कृयाशिल सामाजिक ब्यक्तित्व टिकाराम आचार्य ले बतायेका छन भने समाजले कुवैत मा रहेका सम्पुर्ण पर्वतेली लाई संपर्कमा आउन र हातेमालो गर्न अनुरोध गरेको छ । आज गठन गरिएको तदर्श समिती निम्न अनुसार रहेको छ ।