काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकार माफिया र कमभन्दा कम समयमा बिनापरिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भएको आरोप लगाएको छ। लामो समय बसी बुधबार सम्पन्न केन्द्रीय समिति बैठकपछि १७ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै कांग्रेसले यस्तो निष्कर्षसहितको आरोप लगाएको हो। रकारको डेढवर्षे कार्यकालले जनतालाई पूरै निराश बनाएको र समग्रमा वर्तमान सत्ता नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको टिप्पणी गर्दै उक्त प्रस्तावको प्रस्तावनामा भनिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/09/2019
सरकार माफियाको वरिपरि : कांग्रेस
Posted in नेपाल समाचार
यस्ता बने हुरीपीडितका नयाँ घर
भूषण यादव
वीरगञ्ज — बाराको फेटा गाउँपालिका–१, भलुहीकी ५५ वर्षीया कलावतीदेवी तत्वा बुधबार खुसी देखिन्थिन् । चैत १७ मा आएको हावाहुरीले घर भत्काएपछि टेन्टमा बस्दै आएकी उनी नयाँ घरमा प्रवेश गरेकी छन् । सेनाले चिटिक्क परेको घर बनाइदिएपछि उनले जीवनप्रति आशा पलाएको बताइन् । ‘आश्रयको व्यवस्था मिल्यो, केही सन्तुष्टि मिलेको छ,’ उनले भनिन्, ‘अब संघर्षका साथ जिउनु छ ।’ उनका श्रीमान् हरिनारायण दासको घरकै पिलरले थिचिएर मृत्यु भयो भने बुहारी र छोरा घाइते भएका थिए । उनका छिमेकी रामदरस दासको परिवार पनि नयाँ घरमा सरेको छ । ‘दुःखपछि केही सुख पाएको अनुभूति भएको छ,’ उनले भने । ५ महिना अगाडिको हावाहुरीका कारण बारा र पर्सामा २९ जनाको मृत्यु भएको थियो । हजार जनाभन्दा बढी घाइते भएका थिए । घर क्षति भएका परिवार सेनाले उपलब्ध गराएको टेन्टमा बस्दै आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार