गाईगोरु बाटोमै फाल्ने ५ चालक र २ सहचालक पक्राउ


सुर्खेत — ट्रकमा गाईगोरु लोड गरी पठाउने नेपालगन्ज उपमहानगरपालिका । साथमा बाँके जिल्ला प्रशासन कार्यालयको पत्र । त्यतिमात्र होइन, ट्रकलाई स्कर्टिङ गर्दै सुर्खेतसम्म ल्याइपुर्‍याउने उपमहानगरपालिकाकै नगर प्रहरी इन्चार्जको टोली । सरकारी निकायको संरक्षण र बन्दोबस्तीमा ल्याइएका गाईगोरु मरेपछि भने पक्राउ ट्रकका चालक र सहचालकमात्रै कारबाहीमा परेका छन् । पाँचवटा ट्रकका चालक र दुई सहचालक गरी सातजना बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरीले घटनामा मुख्य भूमिका रहेकालाई छुन सकेको छैन । त्यतिमात्र होइन, सोही दिन आएका अन्य तीनवटा ट्रक’bout पनि प्रहरी मौन छ । ‘अहिले चालक र सहचालकलाई नियन्त्रणमा लिई घटना’bout अनुसन्धान गरिरहेका छौं,’ जिल्लाका निमित्त प्रहरी प्रमुख डीएसपी रवि रावलले भने, ‘क–कसको संलग्नता छ भन्ने’bout अनुसन्धानपछि मात्र थाहा हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिबाट उक्त घटनामा संलग्न अन्य व्यक्तिलाई उन्मुक्ति दिन खोजिएको भान हुन्छ । नेपालगन्ज उपमहानगरपालिकाले ८ वटा ट्रकमा गाईगोरु पठाएको भनिरहँदा प्रहरीको विज्ञप्तिमा सुब्बाकुना नाकामा पाँचवटा ट्रकमात्र इन्ट्री भएको उल्लेख छ ।

ना६ख ४९४९, ना६ख ९९०५, ना६ख ९१७७, ना५ख १०१५ र ना५ख ६६७४ नम्बरको ट्रकमात्र उपत्यकामा गाईगोरु ल्याएर राति करिब १२ बजेको समयमा भित्रिएको विज्ञप्तिमा जनाइएको छ । प्रहरीका अनुसार ती ट्रकमा ल्याइएका १ सय ५७ गाईगोरु बिहान १ः३० देखि २ः२० को समयमा सुर्खेत–दैलेख सडकको कटकुवास्थित सडक छेउमा झारिएका थिए । गाईगोरु मरेका र १ सय ९६ गाईगोरु नेपालगन्ज पठाइएको विज्ञप्तिमा उल्लेख छ । अन्य गाईगोरुको अवस्था’bout उल्लेख छैन । (अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.