Daily Archives: 01/09/2019

अस्मिताको अस्मिता


अखण्ड भण्डारी
रविले पाउने ‘न्याय’ र अस्मिताले पाउने ‘न्याय’ ले दुवैको जीवनमा पार्ने फरक हाम्रो समाजको वास्तविक चरित्र हो।

देशभर तीजको माहोल छ। चेलीहरू हर्षोल्लासमा छन्। तर, एउटी चेलीको यही समाजले तीज हरेको छ, ती हुन्– अस्मिता कार्की। माफ गर्नुहोला– उनको नाम यहाँ यसरी लेख्नुहुने थिएन। तर, अब संकेतमै लेख्यो भने पनि हरेकले सोझै भन्नेछ, ‘अस्मिता।’ किनकि, सबैको मुखमा पछिल्लो समय त्यही नाम झुण्डिएको छ। त्यही पहिचान सार्वजनीकरणबाट भएको उनको अस्मिता हरण अन्यायको पराकाष्ठा हो। मैले यसमा उठाउन खोजेको विषय पनि त्यही हो। पढ्नेक्रम जारी राख्नुहोस्

बैंकिङ सिस्टम ह्याक, अधिकांश बैंकका एटीएम चलेनन्


१५ भदौ, काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश २ ले रूख काट्न नदिने


अब्दुल्लाह मियाँ
काठमाडौँ — प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ ।  प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रूख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले बताए । ‘निजगढको सट्टा विमानस्थलका लागि प्रदेशभित्रैको खाली जमिन प्रयोग हुनुपर्छ भनेर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गराउँदै छौं, निजगढमा लाखौं रूख काट्न दिँदैनौं,’ पढ्नेक्रम जारी राख्नुहोस्

थोत्रिँदै छन् करोडका ब्रान्डेड गाडी


ईश्वरराज ढकाल,काठमाडौं। राष्ट्रिय चिकित्सा आयोगको कार्यालयमा करिब पाँच करोड रुपियाँमा खरिद गरिएका ६ वटा नयाँ सवारी साधन थन्किएको करिब तीन महिना हुन लागे पनि त्यसलाई कसले कसरी चलाउने भन्ने अझै अत्तोपत्तो लागेको छैन। ती सवारी साधनहरू आयोगको पार्किङस्थलमा अलपत्र अवस्थामा राखिएका छन्। आयोगका उपाध्यक्षका लागि खरिद गरिएको करिब १ करोड रुपियाँ बराबरको कालो रङको किया कम्पनीको सवारी साधन धुलाम्य भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्