Monthly Archives: सेप्टेम्बर 2019

भारतले प्याज निर्यात रोक्यो, नेपालमा पनि अभाव हुने


राजेश बर्मा
काठमाडौं : भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश


खुला दिसामुक्त देशको औपचारिक घोषणा आज
१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ । काठमाडौं राष्ट्रिय सभागृहमा सोमबार मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत बिभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा नेपाल वृन्दावन धामको औपचारिक आधिकारिक घोषणा हुँदै


विजय थापा । पोखरामा नेपाल वृन्दावन धाम बनाउने हेतुले पोखरावासी तातिएका छन् । त्यसको लागि आगामी असोज १६ अर्थात् अक्टोबर ३ बिहिबारका दिन नेपाल वृन्दावन धामको लागि औपचारिक घोषणा हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विश्वराज गौतमले जानकारी दिएका छन । कार्यक्रममा सरकारी गैरसरकारी उद्योगपति ,व्यवसायी,साधुसन्त ,सर्व साधारणरहरु करिव ५ सय जनाको सह्भगिता हुने छ । पढ्नेक्रम जारी राख्नुहोस्

ट्याक्सी व्यवसायी संघको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन २७ डिसेम्बरमा हुने


नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आगामी डिसेम्बर २७ मा युनिक अडिटोरियम हल फर्वानियामा आयोजना हुने भएको छ। संस्थाको हिजो बसेको मासिक बैठकद्वारा उक्त निर्णय गरिएको संस्थाका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराएका छन् । वैदेशिक रोजगारको शिलसिलामा कुवेत आएर ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युवाहरुको साझा संस्था नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघले विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसरता देखाउदै आईरहेकोमा पछिल्लो पटक उक्त आर्थिक सहयोग पठाएको संस्थाले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

आज दसैंको पहिलो दिन घटस्थापना, जमरा राख्‍ने शुभसाइत १०:३५ बजे


काठमाडौं : नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल एयरलाइन्स घाटामा गएकाले मन शान्त भएन : मन्त्री भट्टराई


नेपाल भ्रमण गर्न क्यानडाबासीलाई निम्तो
१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन्  नआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा म विदेश घुम्दा पनि मन शान्त भएको छैन, तर यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागिपरिरहेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

लमजुङमा पहिरोले जिप पुर्‍यो, मनाङ जाने सडक अवरुद्ध


आश गुरुङ
(लमजुङ) — बेंसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको छ । स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसम्पर्क समिति कुबेतको तेस्रो अधिवेशन सम्पन्न सभापतिमा राजेन्द्र बिरही


कुवेत -नेपाली कांग्रेसको वैदेशिक भात्री संगठन नेपाली जनसंपर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ सेप्टेम्बर २७ हिजाे कुवेत स्थित नौसाद होटलमा कुमार श्रेष्ठ सभापतिमा कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्