कुबेत नेपालडटकम / अगष्ट 30 कुवेतl कुबेत जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा नेपाल कुवेत साँस्कृतिक मन्च कुबेतले आयोजना गरेको १९ औ तीज बिशेष सांस्कृतिक कार्यक्रम हिजो मिती ३० अगस्त २०१९ शुक्रबार दिन अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न।
अतिथि कलाकार लोकगायिका पुर्णकला बि:सी,प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी लाई बाहिर गेट बाट भित्र स्टेज सम्मा लालीगुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिमका) कलाकारहरुले ब्यानरसहित तामझामका साथ स्वागत गरीएको थियो। मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथिहरु नेपाली राजदुतावास कुवेतकी सहचारी: यशोदा अधिकारी, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,गैरआवासीय नेपाली संघ,आइसीसी सदस्य अमित राई,(BEC Exchange )को प्रतिनिधी एरिया manager रिनोज ककुरेल लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको १९औ सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथी बिशेष अतिथीलले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा लोकगयाक माधव शर्मा, संचालन गरेको थिए। भने मन्चको बरिष्ट संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी,बिशेष अतिथि राजदुतावास कुवेतकी सहचारी:यशोदा अधिकारी, एनआरएनए अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, मन्चका सल्लाहकार सुमित्रा पौडेल, (BEC Exchange )को प्रतिनिधी एरिया manager रिनोज ककुरेल, महिला संयोजक रमिता योञ्जन लगयतले शुभकामना मन्तब्य राखेका थिए।
नेपाली नारिहरुको महान चाड हरीतालिका तिज प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति लाई जगेर्ना गर्ने लाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमा लाई मरुभुमिको देशभए पनि नेपाल को झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी,गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म निर्त्य गरेका थिए। भने स्थानीय चर्चित कलाकारहरु माधब शर्मा,कृष्ण सुनार,बिमल श्रेष्ठ,राज श्याम्बो,सुजल कार्की, बसन्त परियार,पुर्णिामा बुढामगर,रोसन राई,बिमल तमाङ,नेहा राई, श्याम बिसी,साबित्रा गैरे, प्रकाश गुरुङ,अन्जली भुजेल,सन्ध्य मगरको नृत्य तथा गायन धमाकेदार प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो।
बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी
१९औ प्रस्तुति तीज साँस्कृतिक कार्यक्रमको लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका ले आफ्नो नयाँ पुरा गीतहरु(रहरै उर्लेर आयो,आइ लभ यू,हरिया चुरी,बिशालबजरको सारी,हङकङ कोसारी,नाच मेरो काली,हर्ने हो पुताली नाचेको,भचिदेउ कम्बर,दिदी भाई,चेली कोआँसु,काँकरीको अचार,माईती घर,पोखरा जाम घुम्न,बजाई देउ मादलु,सुन मेरो राजा,भेनाको रुपैले,)जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरु लाई कम्मर मर्काई मर्काई छमछमी नचाएकी थिइन ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्स्चेन्ज कम्पनी, (BEC)कम्पनीले मुख्य प्रायोजन गरेको थियो। राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि कुवेतबाट पनि खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी साथै कार्यक्रमलाई मुख्य प्रायोजन (BEC Exchange ) कार्यक्रमलाई सहयोग गर्ने सहयोगी कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो।आयोजक नेपाल कुवेत सास्कृतिक मञ्चले अचार शहित दरको ब्याबस्था गरेको थियो भने
उपस्थित सबैलाई पिउने पानीको ब्याब्स्था गरेको थियो ।
कार्यक्रमका अन्त्यमा सभापति तथा मन्चका अध्यक्ष गोबिन्द बरालले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि नेपाल कुवेत साँस्कृतिक मन्चबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।फोटो सौजन्य :Nirem Production