टोपराज शर्मा
१२ भदौ, रुपन्देही । व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट उनले वार्षिक डेढ करोडको कारोबार गर्छन् । उनले मनग्गे आम्दानीमात्र गरेका छैनन्, धेरै जनाको प्रेरणाको स्रोत पनि बनेका छन् उनी । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/08/2019
२९ वर्षे युवकको कृषिकर्म : वार्षिक डेढ करोड कारोबार
Posted in विविध
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने, परराष्ट्रमन्त्री ज्ञवाली जाने
असोज ९ मा सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक
देवेन्द्र भट्टराई
काठमाडौँ — राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन्। अझै एक सातासम्म उपचार क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो। यस’bout परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार