काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अनुशासनमा कडाइ गरिएपछि विभिन्न खालको प्रतिक्रिया आउन थालेका छन् । पार्टी नेतृत्वको आलोचना नगर्न कडाइ गरिएपछि प्रजातान्त्रिक पद्धतिको कुरा उठाएर विभिन्न खालका टिकाटिप्पणी आएका हुन् । एकथरीले यो नेतृत्वको स्वच्छ आलोचनामा प्रतिबन्ध लगाइएको भन्दै आक्रोश पोखेका छन् । केहीले निर्णयको बचाउ गरेका छन् । निर्णयको बचाउ गर्नेमा केन्द्रीय सदस्य विष्णु रिजाल अग्रपंक्तिमा देखिएका छन् । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमो बसेको पहिलो केन्द्रीय सचिवालयको बैठकले अन्तरपार्टी जनवादको भरपुर सदुपयोग गर्न आग्रह गर्दै सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्न बन्देज लगाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/08/2019
सत्तारुढ नेकपामा बुँदा नं. १० को ‘डर’
Posted in नेपाल समाचार
अब कांग्रेस भातृसंस्थाको विघटन कि अधिवेशन ?
खगेन्द्र भण्डारी
काठमाडौं : लोकतान्त्रिक पार्टीका रुपमा चिनिने नेपाली कांग्रेसका भातृसंस्था लामो समयदेखि अधिवेशन नहुँदा तदर्थवादको अवस्थाबाट गुज्रिएका छन्। कमजोर प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसलाई सशक्त बनाउन भातृसंस्था चलायमान बनाउनुपर्ने भए पनि सबैजसो भातृसंस्थाको अवस्था भने ‘दयनीय’ छ। कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि गुज्रिसकेको छ। विधानअनुसार समयमै अधिवेशन नहुँदा ती भातृसंस्था अस्तित्वमा मात्रै सीमित छन्। ‘कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृसंघसंगठन र शुभेच्छुकसंगठनलाई आधुनिक बनाउन आवश्यक छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय समिति बैठकमा यस’bout छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रवि लामिछानेका दुई चुनौती : पत्रकारले पुग्दैन, नेता बन्न गाह्रो छ
क्षणिक लोकप्रियतामा बहकिएर राजनीतिक विकल्प दिन सकिँदैन
डा. सूर्यराज आचार्य
रवि लामिछाने अहिले जनताको अख्तियारको प्रतिनिधिपात्र जस्तो हुनुभएको छ । बालुवाटारको अख्तियारचाहिँ सीमित मान्छेहरुका लागि मात्रै छ । तर, वैदेशिक रोजगारीमा अन्याय परेका सामान्य मान्छेले अहिले रवि लामिछानेको नाम पहिला लिने अवस्थाको उहाँले छवि बनाइदिनुभयो । पत्रकारिताभन्दा निकै पर पुगेर एकदम भुइँ तहका जनताको सदभाव जित्ने रवि लामिछानेको पृष्ठभूमि बनेको छ । अनि, समाजमा बढ्दै गएको आक्रोश र निराशा मिल्दाखेरि रवि लामिछानेको पक्षमा देखिएको उभार हो यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
नसुल्झेको रुम नम्बर २०२ को गुत्थी
सविन ढकाल
चितवन : भुईँको एक छेउ पहेँलो नै हुने गरी केसरी छरिएको छ। कुस र सुकेका दुबोका टुक्रा पनि यताउती छरिएका। एउटा सानो बोतामा सुकेको केसरी र दुबो पनि देखिन्छ। अनि पानीको बोतल आधा भरिएको। चार तलामाथि उक्लिएपछि पुगिने यो साँघुरो कोठामा कसैले भर्खरै श्राद्ध गरेजस्तो देखिन्छ। कोठामा दुई वटा पलङ छन्, म्याट्रेस छ तर तन्ना छैन। एउटा पुरानो टिभी पनि देखिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध