कुवेतको जिलिब आब्बासिया भन्ने बितिकै धेरै कुवेतवासी नेपालीहरु बसो बास गर्ने ठाँउमा लोक गायक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवैतका अध्यक्ष डोलराज न्यौपानेले The Nepal Foodland family restaurant संचालन गरिएको छ।
उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका तृतीय सचिब ज्ञानेन्द्र शर्मा को साथै बिशेष अतिथिहरुमा एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी,पत्रकार महासंघ कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने,एनआरएनए कुवेतका निबर्तमान अध्यक्ष सुमित्र देवी पौडेल, लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरु पत्रकार कलाकार खेलाडी बुद्धिजीवी रहेको कार्यक्रमा पत्रकार नबराज पन्थीले सन्चालन गर्नु भएको थियो।
उद्घाटन कार्यक्रम लाई प्रमुख अतिथि, बिशेष अतिथि,संचालक डोलराज न्यौपाने स दम्पती माया न्यौपानेले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु ले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो। उक्त The Nepal Foodland family restaurant मा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरु को सहितको सेवा उपलब्ध हुने छ।
The Nepal Foodland family restaurant लोकेशन लागि जिलिब आब्बासिया ब्ल्क1सकाबी कम्प्लेक्स ग्रान्डहाइपर र मस्जिदको पार्किङ नजिक mezanin floorप्रोप्राइटर डोलराज न्यौपाने कल नम्बर 66884091/रेस्टुरेन्ट नम्बर 69600224 ठूलो स्पेस ८० चेयर सहितको दि नेपा फुड्ल्यान्ड हल सन्चालनमा रहेको restaurant मा बर्थडे पार्टी ठाउँ अनुसार को होम डेलिबरी गरिने प्रोप्राइटर डोलराज न्यौपानेले जानकारी दिनु भएको छ।