मान सिङ गुरुङ /युएई
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको (नेपाल एशोसियशन) महाधिवेशन बाट २०१९ – २०२१ कार्यकालको लागी नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष पासाङ रिन्जी शेर्पा उपाध्यक्षमा निर्वाचित हुनु भएको छ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद युएईको २०१९ – २०२१ कार्यकालको लागी आह्वान गरिएको प्रतिनिधि छनौटका लागी उपाध्यक्षमा पाँच जानका उम्मेदवारी मनोनयन दर्ता परेको थियो भने मनोनयन दर्ता गर्नु भएको उपाध्यक्षका उम्मेदवारले प्रतिनिधि छनौटका लागी मनोनयन उम्मेदवारी फिर्ता नलिए पछि प्रतिनिधि छनौटका लागी सहमतिको आधारमा उपाध्यक्ष छनौट भएको थियो।
उक्त महाधिवेशन बाट अध्यक्षमा प्रकाश कोईराला निर्बिरोध निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा राजन खतिवडा, निरन्जन सिलवाल, पासाङ रिन्जी शेर्पा , महासचिवमा निस्चल दाहाल ,सचिबमा जीवन दास, रमेश परियार ,युवा संयोजकमा मदन अधिकारी,महिला संयोजकमा शोभा शर्मा,कोषाध्यक्षमा बिकाश शाही, सह-कोषाध्यक्षमा फडिन्द्र ढकाल निर्वाचित हुनु भएको ।त्यसै गरि सदस्यहरूमा कृष्ण ठाकुर,प्रकाश रायमाझी,कुमार कार्की,शम्भु पोख्रेल,प्रकाश थापा,मान बहादुर सुनार खाती,सुशील खत्री क्षेत्री,सुजन सापकोटा,गोबिन्द पराजुली,अमित पाण्डे,कमल मो.मिया,सरस्वती न्यौपाने कोइराला र बीरेन्द्र खडका निर्वाचित हुनु भएको छ भने आइसिसि सदस्यहरुमा ठाकुर प्रसाद ढुंगाना, नेत्र प्रसाद शर्मा र राजु के.सी.निर्विरोध निर्वाचित हुनु भएका छ।