२४ अगस्ट, कुवेत। कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ सस्था सर्लाही सेवासमाज कुवेतको हिजो मिती २३ तारिक शुक्रबारको दिन कुबेतको अबुहालीफा स्थित सि साईटमा सुर्य कुमार लामाको अध्यक्षतामा ३२ जान कार्यसमिति चयनगरी सर्लाही सेवा समाज कुबेतको स्थापना गरिएको छ।
सर्लाहीका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सर्लाहीबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ हिजो २०१९ को अगस्त २३ तारिखका दिन सर्लाही सेवा समाज कुबेतको गठन भएको जानकारी समाजका उपअध्यक्ष होम पाख्रिन ले जानकारी दिएको छ। समाज ले चाडै नै अधिवेशन गरी नयाँँ कार्यसमिति गर्ने भएको छ।