हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतमा स्थापना भएको लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्ट २०१९ शुक्र्बार दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन्।
उक्त दिन हुने कार्यक्रममा उक्त कार्यक्रम पहिले भन्दा पृथक ढंगले नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने अध्यक्ष पौडेलले बताएका छन् l
सो दिनको कार्यक्रममा कुवेतमा कृयाशिल संघ संस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पत्राचार गरिसकिएको भएपनि कारणवस पत्र वा निमन्त्रणा नपुगेको खण्डमा यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थिति भैदिन आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमको विवरण
आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत
कार्यक्रम: नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन
मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान :आइडियाल अडिटेरियम हल फर्वानिया