Daily Archives: 21/08/2019

लालीगुराँस साँस्कृतिक परिवार, नेपाल-कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनको सम्पूर्ण तयारी पुरा


हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका खातिर सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतमा स्थापना भएको लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्ट २०१९ शुक्र्बार दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सर्वदलीय बैठकमा प्रधानमन्त्रीः प्रतिगमनकारीको चर्को स्वर सुनियो, हामी एक होऔं


३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयतासँगै संविधानमाथि प्रहार भइरहेको भन्दै प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् । सरकार गठन भएपछि १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री ओलीले प्रगतिमनकारीहरुको स्वर चर्को भएको भन्दै गणतन्त्र, संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव राखेका हुन् । आइतबार मात्र संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष ओलीले राजतन्त्र फर्काउँछौं भनेर उफि्रएको भन्दै बेमौसमको बाजा नबजाउन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि संसदमा भएका प्रमुख चार दलको बैठक बोलाएर यही मुद्दामा छलफल गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, प्रधानमन्त्रीलाई आजै भेट्ने


४ भदौ, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ । तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्