Daily Archives: 20/08/2019

नेपाली दूतावास कुवेत र NRNA/NCC कुवेतबिच औपचारिक परिचयत्मक भेटघाट सम्पन्न,


२० अगस्त, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गत अगष्ट २ मा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमिती र नेपालि दूतावास परिवार बिच हिजोऔपचारिक परिचयत्मक भेटघाट सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पोखराका बसमा विद्युतीय टिकट सुरु


पोखरा । पोखरा महानगरपालिकाभित्र चल्ने सवारी साधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली सुरु भएको छ । महानगरभित्र छोटो दूरीका बसमासमेत यात्रुले अब टिकट काटेरमात्रै यात्रा गर्नुपर्नेछ । साउन अन्तिम साताबाट परीक्षण सुरु भएको इटिकेटिङ प्रणालीका लागि महानगरले सोमबारदेखि स्मार्ट कार्ड वितरण सुरु गरेको छ । कार्ड ओम डेभलपमेन्ट बैंकले वितरण गर्न सुरु गरेको हो । पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिना तालिमसमेत दिइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास


अतुल मिश्र
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो बिहीबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो । त्यसताका समेत उनको रगतमा ‘क्रिएटिनिन’ मात्रा बढेको पाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्