Daily Archives: 19/08/2019

माधवकुमार नेपालको तेस्रो वरियता खोसियो


 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

भोटेकोसीको बाढीले रसुवाको बेलिब्रिज बगायो


२ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले एक्कासि नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको अनलाइनखबरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्