खोटाङ कुवेत सम्पर्क मञ्चको आठौँ वार्षिक उत्सवका साथ पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा पन्चु राई


अगष्ट १६, ,कुवेत ।आज अगष्ट १६ तारिक २०१९ मा कुवेतको फर्वानिया स्थित अडिटेरियम हलमा खोटाङ कुवेत सम्पर्क मञ्चको आठौं वार्षिकोत्सव तथा पाँचौं अधिवेशन अध्यक्षमा पन्चु राईलाइ सर्वसहमतीम चयन गर्दै भव्यरुपमा सम्पन्न भएको छ l

“भाषा अनि संस्कृतिमा बिबीधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ खोटाङका बिभिन्न भू-भागहरुबाट आएका खोटाङ जिल्ला बासीहरु मिलेर नि:स्वार्थ भावना बोकेर सन् २०११ मा स्थापना गरेको खोटाङ कुवेत सम्पर्क मञ्चले कुवेतका संघ संस्थाहरुसँग हातेमालो गर्दै सक्रियताको साथ लागेर संस्थाले मानव जीवनको चौतर्फी विकाशको लागि शिक्षा, स्वास्थ्य, र खेलकुद क्षेत्रमा पनि उत्तिकै चासो दिदै गृह जिल्ला तथा गैर जिल्लामा विभिन्न खालका अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले सक्नेसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग सहयोग गर्दै आईरहेको छ l

मोहन नाछ्रीङ राईको संयोजकतामा गरिएको उक्त कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष प्रेम कटवालको सभापतित्व र कार्यक्रमका प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी साथै बिशेष अतिथिहरुमा एनआरएनए आइसीसी सदस्य अमित चाम्लिङ, एनआरएनए कुवेतका निबर्तमान अध्यक्ष सुमित्र देवी पौडेल, आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत तामाङ लगाएत अतिथिहरुमा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिमा गरिएको कार्यक्रमका संचालक मंचका दित्तीय उपध्यक्ष बिष्णु प्रसाद भट्टराई थिए भने कार्यक्रममा अतिथिहरुलाई स्वागतका लागि मञ्चका प्रथम उपाध्यक्ष मोहन नाछ्रीङ राईले मन्तब्य दिएका थिए ।

कार्यक्रमलाइ अगाडी बढाउदै दिप प्रज्वलनमा कार्यक्रमको सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु र विशिष्ट ब्यक्तित्वोहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरे लगत्तै कार्यक्रम शुभकामना मन्तव्यका साथ अगाडी बढाएको थियो l शुभकामना मन्तव्यमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथि एनआरएनए एनसीसी सदस्य अमित चाम्लिङ राई, पत्रकार महासंघ कुवेतका सदस्य नैनकला राई, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, एनआरएनए कुवेतका महासचिव दिल कुमार पाख्रिन, संस्थापक संरक्षक मन्जित राई तथा संघ संस्थाका प्रमुख/प्रतिनीधहरु लगाएतले दिएका थिए l संरक्षक मन्जित राईले कुवेतमा खोटाङ कुवेत सम्पर्क मञ्चको स्थापना र उदेश्यको ’boutमा प्रष्ट परेका थिएl मन्तव्यमा प्रमुख अतिथि लगाएत सबै बक्ताहरुले संस्थाले गरेको सामाजिक कार्यहरु र खोटाङ जिल्लाका प्राकृतिक सौन्दर्यताका साथ संस्कृतिक विविधता र खोटाङवासीहरुको मेहेनतले राष्ट्र र राष्ट्रियतालाई चिनाउन अग्रपंक्तिमा रहेको बताएlकार्यक्रमको बीच-बिचमा मञ्चका कलाकारहरुले नृत्य, गायन,हास्यव्यंग्य र साहित्यिक जस्ता प्रस्तुतिहरुले मनोरञ्जन दिलाएका थिए

कार्यक्रमको दोश्रो चरणमा प्रतिवेदन पेशमा संस्थाका सचिव बिष्णु भट्टराईले प्रस्तुत गरे लगतै अधिवेशनको लागि निर्वाचन समितिमा अमित चाम्लिङ, सुमित्र देवी पौडेल, उमेश पुडासैनी, जय प्रकाश सुनुवार र रोशन राईको रोहबरमा अध्यक्ष पन्चू राईको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरिएको थियोl
मञ्चले विभिन्न तह र तप्काबाट सहयोग गर्ने व्यक्ति बिशेषहरुलाई सम्झने क्रममा सम्मान कार्यक्रम तथा कदर पत्र वितरणमा मिडिया ग्रुपलाइ र सहयोगी संघ संस्था तथा बिशेष व्यक्तित्वहरुलाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियोl सो कार्यक्रममा लामो समय देखि संस्थामा आवद्ध रहेर संस्थालाई अतुलनीय योगदान दिनु हुने संस्थाका कलाकार सदस्य देवान खड्कालाई बिदाइ कार्यक्रम गरि मायाको चिनो स्वरुप कदर पत्र र खादाले बिशेष अतिथिहरु र संस्थाका निवर्तमान अध्यक्ष प्रेम कटवालको हातबाट सम्मान गरिएको थियोl
आयोजकको तर्फबाट कार्यक्रममा जलपान तथा दिब्यभोजको पनि ब्यबस्था गरिएको थियो l कार्यक्रमको अन्तिममा सांगीतिक प्रस्तुतिका साथ कलाकारहरु गायक सविन दुमी राई र गायक रोशन राई स्टेजमा आएर उपस्थित सबैलाई सुमधुर आवाजका साथ सबैलाई मनोरंजन दिलाएका थिए l

अन्तमा कार्यक्रमका सभापति प्रेम बहादुर कटवालले संस्थाका सम्पूर्ण परिवार जुन अहोरात्र खटेर लागि पर्नु भएका पदाधिकारी र सदस्यहरु तथा अन्य आर्थिक नैतिक र भौतिकरुपमा प्रतक्ष/अप्रतक्ष सहयोग गरेर यस कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल पारिदिनु हुने सम्पूर्णलाइ आयोजकको तर्फबाट धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापनको घोषणा गरेका थिएl

 

 

 

 

 

 

 

सल्लाहकार समित

/संस्थापक संरक्षक :-मन्जित चाम्लिङ राई

/बरिष्ठ सल्लाहकार:-महेन्द्र राई

/बरिष्ठ सल्लाहकार:-रेवती भट्टराई

/बरिष्ठ सल्लाहकार:-चन्द्र तामाङ

/बरिष्ठ सल्लाहकार:-अमित चाम्लिङ राई

/सल्लाहकार:-प्रेम बहादुर कटवाल

/सल्लाहकार:-केदार कुमार आलेमगर

/महिला सल्लाहकार:-नैनाकला राई

नयाँ कार्य समितीको नामावली
१. अध्यक्ष- पन्चु थुलुङ राई
२. प्रथम उपाध्यक्ष- मोहन नाछिङ राई
३. दित्तीय उपाध्यक्ष- बिष्णु प्रसाद भट्टराई
४. तृतीय उपाध्यक्ष- शविन दुमी राई
५. महासचिव- जित बहादुर खड्गा
६. सचिव- उमेश बान्तवा राई
७. सहसचिव- बिशाल मिश्र
८. कोषाध्यक्ष- खड्ग बहादुर कटवाल
९. सहकोषाध्यक्ष- रसिला राई
१०. संगठन प्रमुख- दिनेश श्रेष्ठ
११. संगठन उप्रमुख- प्रकाश चाम्लिङ राई
१२. कलाकार प्रमुख- यदुराज राई
१३. कलाकार उपप्रमुख- सुन्दर(रोदुङ)राई
१४. युवासंयोजक- रबिन खालिङ राई
१५. युवाउपसंयोजक- धन कुमार धिनाल
१६. खेलकुद प्रमुख- युवराज चाम्लिङ राई
१७. खेलकुद उपप्रमुख- प्रदिप चाम्लिङ राई
१८. बरिष्ठ सदस्य- धर्म भट्टराई
१९. बरिष्ठ सदस्य- गनराज थुलुङ राई
२०. बरिष्ट सदस्य- टिकाराम मुगराती
२१. बरिष्ठ सदस्य- बम बहादुर खड्गा
२२. बरिष्ठ सदस्य- पुर्सोतम दाहाल
२३. महिला सदस्य- अनिता खालिङ राई
२४. महिला सदस्य- सुसिला राई
२५. महिला सदस्य- सुजता खड्गा
२६. सदस्य- दिनेश नाछिरिङ राई
२७. सदस्य- राजन चाम्लिङ राई
२८. सदस्य- राजन थुलुङ राई
२९. सदस्य- भगत राई
३०. सदस्य- दिपक के.सी.
३१. सदस्य- किशन नेपाली
३२. सदस्य- अर्जुन बस्नेत
३३. सदस्य- सुब्बल चाम्लिङ राई

परदेशी खबर

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.