“भाषा अनि संस्कृतिमा बिभिधता,विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ
सन् २०११ मा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंच कुवेतको पाचौं महाधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको कार्यक्रम संयोजक मोहन नाछिरिङ राईले कुबेतनेपालडटकम लाई जानकारी दिएका छन्।
स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था खोटाङ कुवेत सम्पर्क मंच कुवेतको पाचौं महाधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रम यही आउदो आगामी शुक्रबार १६ अगष्ट २०१९का दिन कुबेतको फर्वानिय स्थित आइडियाल अडिटेरियम हलमा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति साथ हुने भएको ले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्था तथा समाज सेवी बुद्धिजीवी एवं मिडिया सम्पूर्णलाई पत्रचार गरिसकेको र कारण बस पत्र हात नपरेको खण्डमा यसैलाई आधार मानि संघ संस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार , खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन आयोजक कार्यक्रमका संयोजक मोहन नाछिरिङ राईले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
मिती:-१६ अगष्ट २०१९ शुक्रबार
स्थान:-आइडियाल अडिटेरियम हल फर्वानिया-ब्लक:-३
समय:-दिनको ठिक १:०० बजेदेखी
कार्यक्रम:- आठौं बार्षिक उत्सब तथा पाचौं महाअधिबेशन
आयोजक:-खोटाङ कुवेत सम्पर्क मंच, कुवेत
थपजानकारीको लागि:-
अध्यक्ष-प्रेम बहादुर कटवाल(६६२६५२२६)
कार्यक्रम-संजोजक मोहन नाछिरिङ राई (९७३७२८५८)
सचिव-बिष्णु प्रसाद भट्टराई(६५९६३९२६)
संस्थापक शंरक्षक-मन्जित राई(६६३३१०२३)