“भाषा अनि संस्कृतिमा बिभिधता,विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ
सन् २०११ मा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंच कुवेतको पाचौं महाधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको कार्यक्रम संयोजक मोहन नाछिरिङ राईले कुबेतनेपालडटकम लाई जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/08/2019
खोटाङ कुवेत सम्पर्क मंच कुवेतको पाचौं महाधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रमको तयारी पुरा सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चुले निम्तो।
Posted in सूचना
कर्णालीका मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश
काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । ‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना
देवेन्द्र भट्टराई, अर्जुन राजवंशी
(दमक, झापा) — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
युएईमा २५ औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो ।
मान सिङ गुरुङ / युएई –
“अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत याक्थुङ चुम्लुङ युएई,नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारिणी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, प्रवासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई, सह-आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएईको संयुक्त आयोजनामा २५ औं बिश्व आदिबासी दिवस ०९ अगष्ट २०१९ शुक्रबार कार्ल्टन प्यालेस होटल देरा दुबईमा भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा, सूचना
रौतहट बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट (नेपाली रकम १२३,००० रुपैया) आर्थिक सहयोग।
अगष्ट १२, कुवेत l नेपाल आदिवासी जनजाति महासंघ कुवेतको सकृयतामा रौतहट जिल्लाको गैडाटार स्थित बौद्ध स्तुपा “मागी गुम्बा” निर्माणको लागि कुवेतबाट सङ्कलित आर्थिक सहयोग रकम ३३१ केडी १३० फिल्स (नेपाली रकम १२३,००० रुपैया) हिजो नेपालमा मागी गुम्बाका आर्थिक संकलन निर्माण समितिको सदस्य तथा अभियानकर्ता दिपशिखा शर्मा मार्फत संस्थाका सचिव तथा स्तुपाका अभियान समितिका संयोजक ज्ञानु लामालाई हस्तान्तरण गरिसकेको जानकारी नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङले दिनु भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्