बंगाली नागरिकद्वारा हत्या गरिएकी नेपाली चेली सम्बन्धि समाचारमा कुवेत स्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ । उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो सार्वजनिक गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/08/2019
स्थानीय अनलाइनमा प्रकाशित समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागे
Posted in अरब विशेष, प्रवासी समाचार
नेपाली नारी भएर आफनो कर्मगरी खाने सोच राख्ने कि पर्रनिर्भर बनि जिवन चलाउने
तिलक भण्डारी, कमल
बैदेशिक रोजगार हामी नेपालीका लागी बाध्यता हो कि रहर यहि सेरोफेरोमा रहेर तमाम सबै नेपालीले सोच्ने समय आएको छ । हाम्रो उदेश्य लक्ष्य के हो किन र केका लागी हामी बिश्वका धेरै देशमा कार्यरत र्छो । एकपटक शितल विवेग बानाउने प्रयत्न गर्रो सबैले हामी सबैको उदेश्य भनेको नै आर्थिक रूपमा सम्पन हुनको लागी नै हामी सबैले बैदेशिक रोजगारलाइ छानेको हो। तर हिजोआज यस्तो दृष्य देखिदैन के हामी रोजगारी शिलशिलमा हामी आफनो परिवार र देश धर्म सस्कृति सबै भुलेकै हो त यो आजको गम्भिर बिषय बन्न पुगेको छ ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
साउदीमा ३५ नेपाली अलपत्र
३ महिनामा एक रुपैयाँ कमाइ भएन । कुनै काम पनि दिइएन । खालि कम्पनी मात्रै परिवर्तन भइरह्यो । – नामोमुद पासवान
होम कार्की
काठमाडौँ — तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएका हुन् । उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहानबेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घाम छेक्ने छत छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे निधन
भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे मंगलवार निधन भएकाे छ । उनकाे हृदयाघातवाट निधन भएकाे हाे । उनी भाजपाकी प्रखर नेतृ थिइन् । उनले दिल्लीकाे मुख्यमन्त्री पदपनि सम्हालि सकेकी थिइन् । माेदी सरकार वन्नु अघि कांग्रेस सरकारकाे वेलामा भारतकाे लाेकसभाका प्रमुख विपक्षी दलकी नेतृ थिइन् ।
उनकाे सन् २०१६ मा मृगाैला प्रत्याराेपण भएकाे थियाे ।
Posted in विश्व समाचार