मैले हिन्दु धर्म किन छोड्ने ?


7F89040F-D54F-440D-973E-DF4D2818E35Cनारायण गाउँले- युरोप या अमेरिकामा क्रिश्चियानिटी या बाइबलको महत्व दर्शाउन नेपाली या इण्डियनहरूले चर्चमा पुगेर बाइबल पढेको फोटो देखाइँदैन । त्यसको आफ्नै धार्मिक-सांस्कृतिक उपादेयता छ । एउटा नेपालीले पढेर या नपढेर त्यसको महत्त्व घटबढ् हुँदैन । तर, हामीलाई धर्म या संस्कृत भाषाको महत्त्व दर्शाउनुपर्‍यो भने गोरो छाला हुनेले एउटा मन्त्र या स्तोत्र पढेको भिडियो शेयर गर्ने गरिन्छ । पश्चिमका कुनै स्कुलमा संस्कृत पढाइ भएको उदाहरण दिएर यसको महत्व पुष्टि गर्ने प्रयास हुन्छ ।

विश्वव्यापीकरणको यो युगमा कुनै पनि ज्ञान-विज्ञान, भाषा-साहित्य र संस्कृतिको अध्ययन-अध्यापन कुनै एउटा भूगोलमा मात्रै सीमित हुँदैन । पश्चिममा वेद या त्रिपिटक र पूर्वमा बाइबलको पढाइ हुनु नौलो होइन, न एउटा नेपालीले इस्यु नै ठूलो हुन् भन्नु र एउटा युरोपियनले वेद नै ठूलो हो भन्नु अचम्मको विषय हो ।

अमेरिकामा संस्कृत पढाइ हुन्छ, त्यसैले यो महत्वपूर्ण छ भन्नुभन्दा महत्वपूर्ण भएकाले मैले संस्कृत पढेको छु र सन्तानलाई पनि पढाएको छु भन्नु बढी सार्थक हुन्छ । आफूले वेदको एउटा ऋचा पनि नपढ्ने, धर्मशास्त्रको अध्ययन र विश्लेषण नगर्ने, परम्पराहरूको समीक्षा नगर्ने, आˆना शाखा सन्तानलाई संस्कृतभित्रका साहित्य, भाषाविज्ञान, दर्शन, संस्कृति, इतिहास, भूगोल, आयुर्वेद, ज्योतिष, अर्थशास्त्र, राजनीतिशास्त्रजस्ता अथाह ज्ञानविज्ञानका ’boutमा शून्य ज्ञान दिने तर एउटा विदेशीले राम-राम भनेर माला जप्यो भने त्यसलाई

उदाहरण दिएर हिन्दू धर्म महान छ भन्ने हाम्रो प्रवृत्ति उदेकलाग्दो छ । यो त आˆनै धर्म संस्कृतिप्रतिको नजानिँदो हीनतावोध हो । गोरो छाला भएकाले पढेर संस्कृतको महत्त्व बढ्ने होइन । संस्कृत भन्दा बढी त त्यस्तो छाला हुनेले बाइबल र कुरान नै पढ्छन् नि ।

हाम्रो धर्म वैज्ञानिक छ भनेर आधुनिक विज्ञानका केही परीक्षित-अपरीक्षित मान्यतासँग तुलना गर्दैमा पनि यसको महत्व बढ्ने होइन । धर्मको महत्व विज्ञानको सहायताले पुष्टि हुने होइन । यी फरक विषय हुन् । छुट्टै विधा हुन् । विज्ञानका सूत्रले जोखेपछिमात्रै धर्म हुने भए सोझै विज्ञानलाई धर्म माने भयो । त्यो हिन्दू, मुश्लिम, इसाईभन्दा धेरै वैज्ञानिक छ ।

धर्म भनेको अध्यात्म, इतिहास, जीवनशैली, संस्कृति, सामाजिक मूल्य, परम्परा, मनोविज्ञान, प्रकृति र जीवनप्रतिको आदर र निश्चित समाजको सामाजिक कानून आदिको संयुक्त रूप हो । यो विज्ञान होइन । अनि विज्ञान नहुँदैमा कुनै विषयको महत्त्व नहुने भन्ने पनि होइन । हाम्रो संविधान पनि विज्ञान होइन ।

मेरा केही मित्रहरू धर्म र संस्कृतिका हरेक विधिविधान र कृत्यमा वैज्ञानिक कारण खोज्नुहुन्छ । जीवन भन्नु विज्ञानमात्रै हो भने ल्यावमै बिताए पनि भो । संस्कृतिमा त अलिकति विज्ञान, अलिकति फेन्टासी, अलिकति रङ्ग र अलिकति आस्था घोलिएको हुन्छ ।

दूधमा झण्डै नब्बे प्रतिशत पानी हुन्छ भन्नुको अर्थ गाग्रीको पानी नब्बे प्रतिशत दूध हो भन्ने हुँदैन । काँक्रोमै काँक्रो त ७ प्रतिशत न हो, बाँकी त पानी नै त हो ।

म संस्कृति मान्छु । तर, विज्ञानले प्रमाणित गरेको हदसम्म भन्नु त म दूध पिउँछु तर पानी पिउन्न भन्नुजस्तै हो । दूध पिउने हो भने पानी त पिउनै पर्छ, नत्र समस्या हुन्छ । ल्यावमै पुग्नुपर्छ । घरमा त्यो सम्भव हुँदैन ।

पानी जीवन हो । पानी आनन्द हो । पानी उत्सव हो र पानी आस्था हो । पानी विश्वास हो । पानी जिउने कला हो । संस्कृतिमा अलिकति दूध र धेरै पानी हुन्छ ।

संस्कृति अवैज्ञानिक हुन्छ भन्ने होइन । तर, यो विज्ञानका नियमहरूमा बनेको होइन । अति नै विज्ञानमोहले संस्कृतिको गरिमा बुझ्न सकिन्न । आनन्द आउँछ भने संस्कृति पछ्याउनुहोस्, जीवन उत्सवमय बन्छ भने पर्वहरू मनाउनुहोस्, मन कपासजस्तो बनेर नृत्य गर्छ भने भजनहरू गाउनुहोस् अनि आस्था, श्रद्धा र विश्वासले मन आफै निहुरिन्छ भने मन्दिर जानुहोस् । नत्र हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ भन्ने घोक्नुहोस्, घरमै बस्नुहोस् ।

तिर्खा लाग्दा अलिकति अक्सिजन र अलिकति हाइड्रोजन दिएर हुँदैन, पानी चाहिन्छ ।

हामीमध्ये कतिपयलाई त संस्कृत भाषा नै हिन्दू धर्म होजस्तो लाग्छ । यसैले पनि स्थानीय गैरहिन्दूहरू संस्कृत भाषाप्रति विकषिर्त भएका हुन सक्छन् । धर्म र भाषामा केही तत्वहरूको आदान-प्रदान त हुन्छ । तर, यी नितान्त फरक विषय हुन् । संस्कृत पढ्नु भनेको हिन्दू हुनु या हिन्दू धर्म पढ्नु होइन ।

एउटा कालखण्डको सबैभन्दा समृद्ध भाषा पढ्नु हो । तत्कालीन समाजले विकास गरेका र अपनाएका संस्कृति, सामाजिक मूल्य र मान्यता, इतिहास र जीवन पढ्नु हो । संस्कृत पढ्नु पुरोहित बन्नु होइन । जसरी अंग्रेजी पढ्दैमा डाक्टर बनिने होइन, त्यसैगरी अरबी भाषा पढ्नु मुस्लिम बन्नु होइन । संस्कृतमा नास्तिकहरूका ग्रन्थ पनि उपलब्ध छन् ।

हामीले मान्दै आएको सनातन धर्म यति विशाल र शाखायुक्त भएको छ कि यसभित्र आजको पुस्तासँग हजारौं प्रश्नहरू छन्, जिज्ञासाहरू छन् तर तिनको एकमुष्ट र एकसमान समाधान कतै उपलब्ध छैन । सबैभन्दा अग्लो मन्दिर बनाउने प्रतिस्पर्धा त हुन्छ । तर, प्रश्नै प्रश्न बाँचिरहेको नयाँ पुस्तालाई कसरी धर्मसंस्कृतिको शिक्षा दिने भन्ने’bout कसैको ध्यान पुग्दैन । शिक्षा परको कुरो भयो र ऐच्छिक भयो । तर, सामान्य प्रश्नको उत्तर दिनेसम्मको ज्ञान हामी आफैंलाई छैन ।

जसरी गैरहिन्दूहरू संस्कृतलाई हिन्दू धर्म मानेर पढ्न हिच्किचाउँछन्, त्यस्तै केही हिन्दूहरू पनि संस्कृत पढ्नुलाई नै हिन्दू हुनु भन्ने गलत मान्यता बोक्दा रहेछन् । केहीलाई लामो टुप्पी, सेतो या पहेँलो कपडा, तोकिएको खाना र संस्कृतका केही श्लोक नै धर्म हो जस्तो लाग्छ ।

छोरालाई हिन्दू धर्म पढाउने भनियो भने आमाबुबाको पहिलो बुझाइ यस्तो हुन्छस् छोरो संस्कृत पढाइ हुने आश्रम या गुरुकुलमा जानुपर्छ, अंग्रेजी पढ्नु हुँदैन, सेतो धोती लगाउनुपर्छ, लसुन-प्याज खानुहुँदैन आदि-आदि । अंग्रेजी पढ्नु र रातो रङ्गको टाई लगाउनुमा कति सम्बन्ध छ, धर्म र सेतो धोतीबीच पनि त्यत्ति नै हो । नीलो रङ्गको टाई लगाए पनि या टाई नै नलगाए पनि पढ्न सकिन्छ, झन् राम्रो पढ्न सकिन्छ । टाई बाहृय अनुशासन हो । बोक्रो हो । धोती या टुप्पी बोक्रा हुन् ।

हामीले सबैभन्दा ठूलो घण्टा ठड्याउनु, सबैभन्दा अग्लो त्रिशुल उभ्याउनु, सबैभन्दा ठूलो गजुर बनाउनु आदिलाई नै धार्मिक उपलब्धि मानेका छौं । यो त अहंकारको प्रस्तुति र विज्ञापनमात्रै भयो । खोई त त्यस्तो कुन एउटा मन्दिर छ, जहाँ सनातन धर्म’bout प्रश्न सोध्न, सिक्न र पढ्न पाइन्छ ? सबैभन्दा ठूलो घण्टा बजाएर धर्मको रक्षा हुन्छ भन्ने हामीलाई लाग्छ । तर, पश्चिममा हाम्रा मन्दिर भन्दा सुन्दर, कलात्मक र विशाल हजारौं चर्चहरू छन्, जुन आज भग्नावशेषमा परिणत भएका छन् । प्रार्थना गर्न चर्च आउनेहरू नभएपछि ती बन्द भए । कतिपय त्यस्ता चर्च त नेपाली समुदायले समेत किनेर सामाजिक गतिविधिमा प्रयोग गरिरहेका छन् । धर्म बच्ने यसका अनुयायीले गर्दा हो, भौतिक संरचनाले होइन । खालि ठाउँ देख्यो कि मन्दिर ठड्याइहाल्ने चाहना धर्म होइन ।

धर्म नमरोस् भन्ने चाहना राख्ने हो भने पहिले आफैं आधारभूत कुराहरू सिक्ने प्रयास गरौँ । हरेकले सजिलै सिक्न र जान्न सक्ने कुरालाई पनि पुरोहितको भर पर्नु राम्रो होइन । पुरोहितले जानेपछि मैले किन जान्नुपर्‍यो ? पुरोहितले मानेपछि मैले किन मान्नुपर्‍यो भनेर पन्छिएपछि धर्म कसरी बच्छ र ! आफ्ना सन्तानलाई पनि धर्मको शिक्षा दिन सकिन्छ, तिनका प्रश्नलाई गलत या आफूले नजानेको उत्तर पनि दिने प्रयास भने गर्नुहुँदैन ।

जसरी केही सम्भ्रान्त वर्गले निरंकुश र विभेदपूर्ण रूपले देश चलाएका छन् भनेर निम्न वर्गले देश छोडेर विदेश पलायन हुनु उपचार होइन, त्यसैगरी केही पुरोहित या ब्राहृमणहरूले हिन्दू धर्मको व्याख्या गरेको भरमा आफूलाई तिरस्कृत सम्झेर हिन्दू धर्म त्याग्नु जायज होइन । हिन्दू धर्म ब्राहृमणको मात्र होइन । विश्वमा एक अरबभन्दा बढी हिन्दूहरू छन् । ती सबै पुरोहित होइनन् । ब्राहृमणको संख्या एक-दुई करोड होला, हिन्दुको संख्या एक अर्ब दुई करोड छ । के दुई करोड पुरोहितलाई आफ्नो धर्म सुम्पेर एक अर्ब मान्छे पलायन हुने ?

देश बदल्ने होइन, शासन बदल्ने हो । सम्भ्रान्त वर्गले शासन गरेको छ भन्दैमा देश उसको मात्रै हुँदैन । त्यो तपाईं हाम्रो पनि हो । यसैगरी केही पुरोहितको व्याख्याका कारण तपाईं दोस्रो दर्जाको हिन्दू बन्नुभएको छ भने धर्म फेर्ने होइन, पुरोहित फेर्ने हो ।

धर्ममाथि तपाईंको पनि त्यत्ति नै हक छ, जति पुरोहितको छ । जसरी बर्सौंदेखि हामीलाई राजनीति त हाम्रो विषय नै होइन जस्तो बनाइएको छ, त्यसरी नै धर्म त हाम्रो विषय होइन जस्तो बनाएर केही सीमित वर्गले यसलाई व्यापारको विषय बनाएका छन् । हामी धर्म किन्न, पुण्य किन्न बाध्य छौं । वास्तवमा धर्म हाम्रो हो । मान्ने जति सबैको हो । यसमा सुधार र संरक्षण हाम्रो बराबर दायित्व हो ।

स्रोत:-अनलाईनखबरडटकम

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.