नैनकला राई / कुवेतमा कृयाशिल नेपाल आदिवासी जनजाती महासंघ कुवेतको आयोजनामा यहि आउदो अगष्ट ९ तारिकमा मनाइने २५औं विश्व आदिवासी दिवस कार्यक्रमको लागि सम्पुर्ण तयारि पुरा भएको महासंघका महासचिव एवं किरात राई यायोक्खाका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन्।
स्थापना काल देखिनै नेपाल आदिवासी जनजाति महासंघ कुवेतले प्रत्येक बर्ष विविध जातीय पहिचान झल्किने झाँकी सहितका कार्यक्रम गर्दै आईरहेकोमा यस बर्ष पनि ९अगष्ट २०१९ मा मनाउने तयारी गरेको हो।“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् ।
नेपाल आदिवासी जनजाती महासंघका शाखा कुवेत तथा महासंघमा आबद्ध घटक आठै वटा जातिय संस्थाहरु तमू समाज कुवेत , तामाङ घेदुङ कुवेत , मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत, सुनुवार सेवा समाज कुवेत, नेवा गुठी कुवेतको सहकार्यमा २५औँ विश्व आदिवासी दिवसका साथ बिगतमा आदिवासी लगायत उत्पीडित समुदायले प्राप्त गरेको सिमित अधिकार पनि बर्तमान अबस्थामा राज्यद्वारा खोसिएको हुँदा यो दिवस राज्यलाई केन्द्रित गरि अन्दोलनको रूपमा मनाउने संघका महासचिव राईले बताए।
कार्यक्रममा कुवेतका जजातीय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु संस्थामा आवद्ध कलाकारहरुले दिने बताएका छन् l
कार्यक्रममा सबै जातीय संस्थाहरुलाई आफ्नो भेषभुषामा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जातीय संस्थाहरुलाई अनुरोध गरेको छ साथै साथै कुवेतमा क्रियाशील संघ संस्था तथा समाज सेवी बुद्धिजीवी एवं मिडिया सम्पूर्णलाई पपत्रचार गरिसकेको र कारण बस पत्र हात नपरेको खण्डमा यसैलाई आधार मानि संघ संस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार , खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन आयोजकले आग्रह गरेको छ l
कार्यक्रमको विवरण
मिति: ९ अगष्ट २०१९
समय: दिनको ठिक १२ बजे देखि
स्थान : युनिक अडिटोरियम हल फर्वानिय
आयोजक : नेपाल आदिवासी जनजाति महासंघ कुवेत