Daily Archives: 06/08/2019

मैले हिन्दु धर्म किन छोड्ने ?


7F89040F-D54F-440D-973E-DF4D2818E35Cनारायण गाउँले- युरोप या अमेरिकामा क्रिश्चियानिटी या बाइबलको महत्व दर्शाउन नेपाली या इण्डियनहरूले चर्चमा पुगेर बाइबल पढेको फोटो देखाइँदैन । त्यसको आफ्नै धार्मिक-सांस्कृतिक उपादेयता छ । एउटा नेपालीले पढेर या नपढेर त्यसको महत्त्व घटबढ् हुँदैन । तर, हामीलाई धर्म या संस्कृत भाषाको महत्त्व दर्शाउनुपर्‍यो भने गोरो छाला हुनेले एउटा मन्त्र या स्तोत्र पढेको भिडियो शेयर गर्ने गरिन्छ । पश्चिमका कुनै स्कुलमा संस्कृत पढाइ भएको उदाहरण दिएर यसको महत्व पुष्टि गर्ने प्रयास हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अगष्ट ९ तारिकहुने २५औं विश्व आदिवासी दिवस कार्यक्रमा सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई चुले निम्तो।


नैनकला राई /  कुवेतमा कृयाशिल नेपाल आदिवासी जनजाती महासंघ कुवेतको आयोजनामा यहि आउदो अगष्ट ९ तारिकमा मनाइने २५औं विश्व आदिवासी दिवस कार्यक्रमको लागि सम्पुर्ण तयारि पुरा भएको महासंघका महासचिव एवं किरात राई यायोक्खाका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

फेरी कुवेतमा नेपाली महिला घरेलु कामदारको मृत्यु, विदेशी नागरिकले हत्या गरेको आशंका


कुवेत -वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चितवनमा मृत भेटिए पत्रकार पुडासैनी


२१ साउन, चितवन । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ३:३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जम्मु–कश्मीरका सम्बन्धमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने भारतको प्रयास


अमेरिकालाई पूर्व जानकारी रहेको भारतीय सञ्चारमाध्यमको दावी
सुरेशराज न्यौपाने
नयाँदिल्ली — भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले उक्त निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वादलाई तीव्र बनाएको हो ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले सोमबार संविधानको धारा ३७० र ३५ (क) लाई खारेज गर्दै जम्मु–कश्मीर राज्यको विशेष अधिकार अन्त्य गर्ने र दुई वटा केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई(९ युनिटAB-ब्लड) उपलब्ध।


“रगतदान जीबनदान” कुवेती नागरिकता भए पनि आफुले चाहीएको ब्लड उपलब्ध गराउन नसकेपछी चाडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टर द्वारा जारी भए पछी,कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल,र गौतम आमागाई को कुवेती सँग राम्रो पहिचान भएको ले केदारनाथ खरेल,र गौतम आमागाई तमू समाज कुवेतको संपर्कमा आइ पुगे,बिपत्ती बुझे पछी समाजका पूर्व अध्यक्ष हाल समाजको सल्ल्हाकार खोप गुरुङ द्वारा तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियासँग संपर्क गरी तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-)ब्लड रगतको प्रबन्ध मिलाए ।ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2 युनिट भन्दा बढी ब्लड उपलब्ध नसकिने भए पनि खोप गुरुङ को अनुरोधमा ९ युनिट ब्लड रगत उपलब्ध गराएको थियो। त्यस पस्चात उहाँको(Adan Hospital)मा अपरेशन पूर्ण स्वास्थ्य सफल शल्यकृया उपाचार भएको जानकारी प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्