कश्मीरमा नयाँ तरंग : नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट बन्द


कश्मीर : भारत प्रशासित कश्मीरमा नयाँ राजनीति तरगं सिर्जना भएको छ । सुरक्षा प्रशासनले कश्मिरका मुख्य नेतालाई नजरबन्दमा राखेको छ । साथै हिडडुल र भेला हुन रोक लगाएको छ। आजतकका अनुसार कश्मीरका पीडीपी प्रमुख महबूबा मुफ्ती र नेशनल कन्फरेनसका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालाई उनीहरुकै घर श्रीनरगरमा नजरबन्द गरिएको छ । त्यसैगरी जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई पनि नजरबन्द गरिएको छ । उनीहरुलाई आइतबार रातिदेखि नजरबन्दमा राखिएको हो ।

भारतीय सञ्चार माध्यममा आएका खबरअनुसार प्रशासनले संविधानको धारा १४४ लागु गरेको छ । टेलिफोन र इनटरनेट सेवा बन्द गरिएको छ । ४ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । मानिसको आवतजावतमा रोक लगाएको छ । शिक्षण संस्थासमेत बन्द गरिएका छन् । भारत–पाकिस्तानको विवादित भूमि रहेको काश्मीरमा केही दिनदेखि भारतीय प्रशासनले कडाई गर्न थालेको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितl गराएको थियो । तीर्थयात्रीलाई तत्काल काश्मीर छाड्न निर्देशन दिएको थियो ।

नजरबन्द हुनभन्दा अगाडी काश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै-‘छिट्टै इन्टरनेट सेवा बन्द हुन गइरहेको जानकारीमा आएको छ । सबैजना सुरक्षित रहौं, संयमित रहूँ’ भन्दै अपिल गरेका थिए ।

पीडीपी प्रमुख महबूबा मुफ्तीले पनि नजरबन्द हुनुअघि ट्वीटमा लेख्दै कठीन समयमा जनताहरुलाई एक भई परिस्थितिको सामना गर्ने तयार रहनु भनी आह्वान गरेका छन् ।

केही दिनअघि अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मीरको विवादमा अमेरिका मध्यस्तता गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । भारतले यसको विरोध गर्दै आएको छ । (अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.