अगस्ट ३, दोहा। दोहा स्थित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हिजो मिति 2 अगष्ट 2019 शुक्रबार एक बिशेष कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई सङ्गठन कतार दुई सामुदायिक भात्रृ संस्थालाई सहभागी गराई महासघंमा आवद्ध गराइको छ ।
महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले महासंघका सल्लाहकारहरु र महासंधमा आबद्ध विभिन्न भात्रृ संस्थाका प्रमुख तथा पदाधिकारिहरुको उपस्थितिमा थप नयाँ दुई भात्रृ संस्थालाइ भव्य स्वागत गर्दै महासंघमा जोडिएको हो । संस्थाका सस्थापक सदस्य दिल किरण खजुम लिम्बुले महासंघको सम्क्षिप्त इतिहास बताउदै अब यसरी नै सबै जनजाति संस्थाहरुलाई महासंघले जोड्दै सहयोग र समन्वय गर्दै एक ढिक्का भै अघि बढ्दै आदिवासी जनजातिहरुको साझा मुद्धामा एक भै प्रवासमा रहेर गर्न सकिने काम गर्दै जानु पर्ने प्रस्ट्याउनु भयो ।
विशेष कार्यक्रममा नवा आगन्तुक संस्थाहरु लगाएत सम्पुर्ण उपस्थित सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई महासंघ कतारका उप महासचिव एकराज राईले स्वागत गरेँ ।आफूहरू आधिकारिक रुपमा सम्पुर्ण जनजाति संस्थाहरुको छाता सङ्गठन महासंघ कतारमा आबद्ध हुन पाउदा आफ्नो मुल घरमा आएको महशुस भएँको बताउदै आगामी दिनमा कसरी हुन्छ समन्वय गर्दै अगाडी बढ्न तयार रहेको नव भात्रृ संस्था ताजपुरियाका अध्यक्ष रविलाल ताजपुरिया र दनुवारका कार्यबाहक अध्यक्ष विचु कुमारसिङ दनुवारले बताउनु भयो। उपस्थित सम्पुर्ण भात्रृ संस्थाका प्रमुखले पनि नव भात्रृ संस्थाका प्रमुख र सदस्यहरुलाई छाता सङ्गठनमा सहर्षका साथ खादा ओढाई स्वागत गरेँ । स्मरण रहोस हाल सम्म १३ भात्रृ संस्था रहेकोमा अब थप दुई समावेस भै नेपाल प्रवासी आदिवासी जनजाति महासंध कतारका भात्रृ संस्था १५ पुगेको छ।