माधब शाही /कुवेत – तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्ब कुमारी राई वेपत्ता भएको परिवारले जनाएको छ ।
घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्था’bout अहिले परिवारलाई केही जानकारी छैन । धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।
यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्ब कुमारी राई लाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेत:- 98869121 मा खबर गरिदिनु होला ।