कुवैत -सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन दिउँसो १४ः२० बजे कुवेत अाइपुग्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा उपस्थित भैदिनुहुन गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (NRNA-NCC) कुवेतले सबैमा हार्दिक अनुरोध छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: अगस्ट 2019
नेपालको राष्ट्रिय फुटबल टिम भोली दिउँसो २:२० बजे कुवेत आइपुग्ने
Posted in खेलकूद, NRNA गतिविधि
कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न गायिका पुर्णकला बिसीले छमछमी नचाइन(फोटो फिचरसहित)
कुबेत नेपालडटकम / अगष्ट 30 कुवेतl कुबेत जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा नेपाल कुवेत साँस्कृतिक मन्च कुबेतले आयोजना गरेको १९ औ तीज बिशेष सांस्कृतिक कार्यक्रम हिजो मिती ३० अगस्त २०१९ शुक्रबार दिन अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न। पढ्नेक्रम जारी राख्नुहोस्
२९ वर्षे युवकको कृषिकर्म : वार्षिक डेढ करोड कारोबार
टोपराज शर्मा
१२ भदौ, रुपन्देही । व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट उनले वार्षिक डेढ करोडको कारोबार गर्छन् । उनले मनग्गे आम्दानीमात्र गरेका छैनन्, धेरै जनाको प्रेरणाको स्रोत पनि बनेका छन् उनी । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने, परराष्ट्रमन्त्री ज्ञवाली जाने
असोज ९ मा सार्क विदेशमन्त्रीस्तरीय साइडलाइन बैठक
देवेन्द्र भट्टराई
काठमाडौँ — राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन्। अझै एक सातासम्म उपचार क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो। यस’bout परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सत्तारुढ नेकपामा बुँदा नं. १० को ‘डर’
काठमाडौं, ११ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अनुशासनमा कडाइ गरिएपछि विभिन्न खालको प्रतिक्रिया आउन थालेका छन् । पार्टी नेतृत्वको आलोचना नगर्न कडाइ गरिएपछि प्रजातान्त्रिक पद्धतिको कुरा उठाएर विभिन्न खालका टिकाटिप्पणी आएका हुन् । एकथरीले यो नेतृत्वको स्वच्छ आलोचनामा प्रतिबन्ध लगाइएको भन्दै आक्रोश पोखेका छन् । केहीले निर्णयको बचाउ गरेका छन् । निर्णयको बचाउ गर्नेमा केन्द्रीय सदस्य विष्णु रिजाल अग्रपंक्तिमा देखिएका छन् । नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमो बसेको पहिलो केन्द्रीय सचिवालयको बैठकले अन्तरपार्टी जनवादको भरपुर सदुपयोग गर्न आग्रह गर्दै सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्न बन्देज लगाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अब कांग्रेस भातृसंस्थाको विघटन कि अधिवेशन ?
खगेन्द्र भण्डारी
काठमाडौं : लोकतान्त्रिक पार्टीका रुपमा चिनिने नेपाली कांग्रेसका भातृसंस्था लामो समयदेखि अधिवेशन नहुँदा तदर्थवादको अवस्थाबाट गुज्रिएका छन्। कमजोर प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसलाई सशक्त बनाउन भातृसंस्था चलायमान बनाउनुपर्ने भए पनि सबैजसो भातृसंस्थाको अवस्था भने ‘दयनीय’ छ। कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि गुज्रिसकेको छ। विधानअनुसार समयमै अधिवेशन नहुँदा ती भातृसंस्था अस्तित्वमा मात्रै सीमित छन्। ‘कांग्रेसले पार्टीलाई आधुनिक र सुदृढ बनाएर जाने हो भने भातृसंघसंगठन र शुभेच्छुकसंगठनलाई आधुनिक बनाउन आवश्यक छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय समिति बैठकमा यस’bout छलफल हुन्छ र पार्टीले आवश्यक निर्णय गर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार